दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

छुट अस्थायी करार शिक्षकको राष्ट्रिय भेला माघ २९ मा,अनिवार्य उपस्थितिको लागि संघर्ष समितिको आव्हान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २३ गते, बुधबार २२:३३

२३ माघ– छुट अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले सरकारले आफ्नो मागप्रति उदासीनता देखाएको भन्दै थप आन्दोलनको तयारी स्वरुप पहिलो राष्ट्रिय भेलाको आव्हान गरेको छ।संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीले आफुहरुले राखेको पछिल्लो माग र छलफलको बिषयलाई सरकारले कुनै लिखित तथा मौखिक निर्णय नदिएको भन्दै थप आन्दोलनको तयारीमा जुटेको बताउनुभयो। यता पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटिका सदस्य नारायणकाजी श्रेष्ठलाई हिजो ज्ञापन पत्र बुझाएका थिए। उनीहरुले मुलतः करार शिक्षकहरुलाई संघीय शिक्षा ऐनमा उल्लेख हुनुपर्ने लगायतका माग ज्ञापन पत्रमा उल्लेख गरेका छन। खुल्ला शिक्षकको नतिजा प्रकाशन सँगै छुट करार अस्थायी शिक्षकहरुको रोजीरोटी खोसिने भन्दै उनीहरुले नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा १८ को समनाताको हक र धारा ३३ को रोजगारीको हक बमोजिम ०७२ असोज पछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई सेवाबाट विस्थापित गर्नबाट जोगाएर रोजगारीको हक सुनिश्चित गर्न र नवौं शिक्षक ऐन बमोजिम अस्थायी शिक्षक सरह ०७२ असोज पछि नियुक्त अस्थायी करार शिक्षकलाई पनि संघीय शिक्षा ऐनमा आन्तरिक परीक्षामा सामेल गर्न माग गरेका छन् ।
त्यस्तै आज छुट करार अस्थायी शिक्षक केन्द्रीय समितिले शिक्षक महासंघलाई समेत आफ्नो माग र बिषय प्रति अडिग रहन भन्दै ध्यानाकर्षण गरेको छ। खुल्ला शिक्षकको नतिजा प्रकाशन सँगै छुट करार अस्थायी शिक्षकलाई सरकारले अवकाश दिने तयारी गरेकाले रोजीरोटीका निम्ति ध्यानाकर्षण गराएको बताईएको छ।संघर्ष समितिले माघ २९ गते राष्ट्रिय सम्मेलनको समेत आयोजना गर्ने भएका छन् ।
यसअघि पनि उनीहरुले पुस १५ गते माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध र्याली निकालेका थिए भने पुस १६ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्र घेराउ गरी ध्यानाकर्षण पत्र बुझाएका थिए । हाल देशभर करिब १३ हजार करार शिक्षक रहेको र उनीहरुको माग पुरा नभए रगतको खोलो बगाउन पनि पछि नहट्ने अध्यक्ष पराजुलीले बताउनुभयो ।साथै माघ २९ गते काठमाडौमा हुने राष्ट्रिय छुट करार शिक्षक भेलामा सबैलाई अनिवार्य उपस्थितिको लागि समेत अनुरोध गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु