२३ माघ २०७५ शर्मिला विश्वकर्मा, काठमाण्डौं
नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा अपाङ्गता मैत्री कार्यलय एवं कार्यक्रमहरु व्यवस्थापन गर्ने सम्बन्धमा गाँउपालिका राष्ट्रिय नेपालका अध्यक्ष होमनारायण श्रेष्ठलाई ध्यानकर्षण पत्र बुझाइएको छ । सो कार्यक्रममा नेपाल अपाङ्ग महासंघ मानव अधिकार केन्द्रका महाससचिव जगदिश प्रसाद अधिकारीले उक्त ध्यानकर्षण पत्रमा उल्लेख गरिएका मागहरु पढेर सुनाउदै गाँउपालिका राष्ट्रिय महसंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका भूतपूर्व महासचिव तथा एम्पुटी एशोसियशन नेपालका अध्यक्ष महेश्वर घिमिरेले गाँउपालिका राष्ट्रिय महासंघ नेपालले २४ सै घण्टा सहयोगीको आवश्यकता हुने अपाङ्गता भएका व्यक्तिहरुको जीवन यापनका लागि सामाजिक सुरक्षाको व्यवस्थाको साथै अन्य अपाङ्गता भएका व्यक्तिहरुलाई पढ्ने व्यवस्था मिलाउनु पर्ने कुरामा जोड दिनु पर्ने बताउनु भयो । त्यसै गरी राष्ट्रिय शारीरिक अपाङ्ग संघका अध्यक्ष किरण शिल्पकारले अपाङ्गता भएका व्यक्तिहरुलाई शिक्षा उपलब्ध गराउनको लागि आवश्यक सहयोगी समाग्रीको व्यवस्था गराउने कुरामा ध्यान दिन अनुरोध गर्नु भयो भने राष्ट्रिय बहिरा तथा सुस्तश्रवण संघका प्रतिनिधि कुमार रेग्मीले प्रत्येक गाँउपालिकाहरुमा साङ्केतिक भाषाको तालिम सञ्चालन गर्नुको साथै दोभाषेको व्यवस्था गर्नु पर्ने कुरामा ध्यान दिनु पर्ने बताउनु भएको थियो । उक्त कार्यक्रममा अपाङ्गता र विकासका लागि क्रियाशिल नेपाल (एड्राड)का निर्देशक डा. विरेन्द्रराज पोखरेलले गाँउपालिका राष्ट्रिय महासंघ नेपालले प्रत्येक गाँउपालिकाहरुमा अपाङ्गता भएका व्यक्तिहरुको शिक्षालाई जोड दिनुका साथै अपाङ्गता मैत्री सूचना प्रवाह गर्ने र स्वरोजगारमुलक कार्यक्रमहरु सञ्चालन गर्ने व्यवस्था गर्न अनुरोध गर्नु भयो भने नेपाल नेत्रहिन संघका निर्देशक नरबहादुर लिम्बुले गाँउपालिकाहरुका कार्यलयहरुमा दृष्टिविहिन तथा अन्य अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी कार्यक्रम तर्जुमा गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो भने राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी उपाध्यक्ष टिका दाहालले अपाङ्गता भएका व्यक्तिहरुको सवाल समावेश गर्नु पर्ने बताउदै अपाङ्गता मैत्री भौतिक संरचना निर्माण गर्नको लागि सुझाब दिनु भएको थियो । सो कार्यक्रममा गाँउपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुका सवाल समावेश गर्ने, अपाङ्गता मैत्री संरचना निर्माण गरि परिणाममुखी कार्यक्रम सञ्चालन गर्न ४६० वटै गाँउपालिका कार्यलयहरुमा समन्वय तथा पहल कदमी गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।