दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विचौलियाका कारण अण्डाको मूल्य पाउन नसकेपछि कुखुरा पालक किसान आन्दोलित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २३ गते, बुधबार २३:५७

माघ २३चितवनः लेयर्स कुखुरापालक कृषकले लागतअनुसारको मूल्य नपाएपछि नेपाल अण्डा उत्पादक सङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले नारायणगढमा सँगै रहेको दाना वितरक सङ्घको कार्यालयमा पनि ताला लगाएका छन् ।

सङ्घले किसानको हितमा काम गर्न नसकेको आरोप लगाउँदै पश्चिम चितवन अण्डा उत्पादक किसान सङ्घ र पूर्वी चितवन अण्डा उत्पादक किसान आन्दोलित भई मङ्गलबार तालाबन्दी गरेका हुन् । विचौलियाका कारण अण्डाको मूल्य पाउन नसकेपछि आन्दोलित हुनु परेको पश्चिम चितवन अण्डा उत्पादक किसान सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

नेपाल अण्डा उत्पादक सङ्घले समस्या समाधानका लागि विक्रेता र किसानलाई बोलाएको भए पनि विक्रेता नआएपछि किसानले तालाबन्दी गरेका हुन् । हाल बजारमा दानाको मूल्य बढेर प्रतिकिलो रु ५३ पुगेको भन्दै सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले ठूलो अण्डा प्रतिक्रेट रु २३० मा मात्र बिकेको बताए ।

अहिलेको लागत मूल्यअनुसार कृषकले प्रतिक्रेट रु ३०० पाउनुपर्ने उहाँको भनाइ छ । हाल बजार मूल्यअनुसार किसानले एउटा अण्डाको हाराहारी आठ रुपैयाँ पाएका छन् । सोही अण्डा उपभोक्ताले खरीद गर्दा रु १५ तिर्नुपर्ने बाध्यता छ । दानाको मूल्य बढेपछि दैनिक कृषकले नोक्सानी बेहोर्दै आएका छन् ।

चल्लाको मूल्यमा समेत अस्वभाविक वृद्धि भएपछि ब्रोइलर कुखुरापालक कृषकले गत महीनामात्र चल्ला उठाउन रोकेर आन्दोलन गरेका थिए । हाल नेपालमा दैनिक ३५ लाख वटा अण्डा उत्पादन हुँदै आएको छ । दुई हजारभन्दा बढी कृषक लेयर्स कुखुरापालनमा आबद्ध रहेका छन् ।

सङ्घका केन्द्रीय सचिव मदन पोख्रेलका अनुसार लेयर्स कुखुरापालनबाट मात्र एक लाख ७० हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । अण्डा उत्पादनका क्षेत्रमा मात्र देशभरमा रु ५० अर्ब हाराहारी लगानी भएको पोख्रेलको भनाइ छ (जनसवालदैनिक)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु