भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

नेश्नल रिडिङ्ग मेला ३ – नेपाल पढ्दैछ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २४ गते, बिहीबार ०८:५८

२४ माघ काठमाडौ ।नेपालमा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको संस्था शिक्षा नेपालले सन् २०१७ देखि नेश्नल रिडिङ्ग मेलाको आयोजना गर्दै आईरहेको छ । “पढाईको आनन्द मनाऔँ” भन्ने नाराका साथ फेब्रुवरी ९, २०१९ अर्थात विसं. २०७५ माघ २६ गते शनिबार हुन गईरहेको नेश्नल रिडिङ्ग मेला ३ – नेपाल पढ्दैछ १ मा एक दर्जन लेखक, विश्लेषक तथा विचारकहरूसँग पठन संस्कृतिलाई जोडेर विभिन्न विषयमा छलफल तथा बहस हुनेछ । त्यसका अलवा मेलामा हुने साहित्यिक तथा साङ्गीतिक प्रस्तुतिले मेलालाई थप अर्थपूर्ण र रोमाञ्चक पार्नेछन् । काठमाडौँको प्रज्ञाप्रतिष्ठान डबलीमा हुने उक्त मेला बिहान ९ बजेदेखि सुरु भई बेलुका ४ बजेसम्म चल्नेछ ।
कार्यक्रम तालिका:
विषयः राष्ट्रवादलाई कसरी पढ्ने ?
वक्ताहरू : युग पाठक, लेखक÷पत्रकार र मानुषी यमी भट्टरार्ई, युवा नेतृ
प्रस्तोताः मञ्जिता गुरुङ

विषय : नेपालमा पठन संस्कृतिलाई कसरी हुर्काउने ?
वक्ताहरू : खगेन्द्र संग्रौला, लेखक र नारायण वाग्ले, लेखक÷पत्रकार
प्रस्तोता : प्रकृति मगर

विषय : प्रेम, पुस्तक र पढाई
वक्ता : सुविन भट्टराई, लेखक
प्रस्तोता : सुप्रिया श्रेष्ठ

विषय : मानवतावाद र साहित्य
वक्ता : राधा पौडेल, लेखक÷अभियान्ता
प्रस्तोता : अजय अधिकारी (सुशिल)

विषय : समृद्धि र पठन संस्कृति
वक्ताहरू : सोमत घिमिरे, लेखक र प्रकाश विकल्प, लेखक
प्रस्तुोताः रोहित खतिवडा

विषय : छलफल र समीक्षाको औचित्य
वक्ताहरू : विभूति भट्टराई, लेखक÷समिक्षक, रविन्द्र ढकाल, सोधकर्ता, नवीनजंग क्षेत्री, अधि
प्रस्तोता : विक्रम थापा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु