सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्युदुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टिमधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दैआजको मौसम : कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना?तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुनेनेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना कार्यक्रमबागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्तहेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

नव नियुक्त राजदुतहरु संग चेम्वरको अन्तरक्रिया

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २४ गते, बिहीबार २२:३७

काठमाडौं, २४ माघ -नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त नेपाली राजदूतहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।विहिबार राजधानीमा बिभिन्न मुलुकहरुमा नेपालको राजदूत नियुक्ती भइ आफ्नो जिम्मेवारी वहन गर्न जान लागेका राजदूतहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रमलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले सम्बोधन गर्दै नवनियुक्त सबै राजदुतहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे । ‘समृद्द नेपाल, सुखी नेपाली’ को नारा पुरा गर्नको लागि देशभित्र र देश बाहिर अनुकुल वातावरण कायम गर्न सरकार लागि परेको अवस्थामा आर्थिक कुटनीतिलाई मजबुत बनाउनुपर्ने तर्फ श्रेष्ठले जोड दिए।

’रिसिभिंग स्टेट’मा देशको प्रतिनिधिको हैसियतमा रहने भएकाले उनीहरुको भूमिका प्रधान हुने कुरा समेत उनले बताए । श्रेष्ठले राजदुतहरुले नेपालको राष्ट्रिय स्वार्थ पुरा गर्नलाई नेपालको ब्यापार प्रबर्दन, लगानी अभिबृद्दी, पर्यटनको विकास र कृषि क्षेत्रको आधुनिकीकरणमा बिशेष पहल गर्न अपील समेत गरे ।

भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले नेपालको निर्यात व्यापार बढाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन ।

राजदुत आचार्यले मुलुकको समृद्धिका लागि निर्यात व्यापारमा जोड दिन आवश्यक रहेकाले आफूले त्यसै कामलाई भारतमा रहँदा प्राथमिकताका साथ अघि बढाउने बताएका हुन ।

बिहीबार नेपाल चेम्बर अफ कमर्सले काठमाण्डौमा आयोजना गरेको नवनियुक्त राजदूतहरुको सम्मान कार्यक्रममा बोल्दै उनले आर्थिक कूटनीतिका लागि आवश्यक सुझाव दिन पनि व्यवसायीहरुलाई आग्रह गरे ।

आर्थिक कूटनीतिको माध्यमबाट मुलुकमा लगानी भित्र्याउन आवश्यक पहल गर्ने नवनियुक्त राजदूत आचार्यले बताए । उनले कृषि, पर्यटन, जडिबुटी र जलविद्युत क्षेत्रमा भारतीय लगानी बढाउने योजना आफूले लिएको बताए ।

मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नेपाली उद्योगीहरु ब्यापारी मात्र नभै उत्पादनकर्ता समेत भएको कुरामा जोड दिए । त्यस्तै, इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्यले लगानीकर्ता भित्र्याउन आफुले सक्दो पहल गर्ने कुरा बताईन । उनले आफु नेपाली महिला व्यवसायीहरु र इजराइलका महिला व्यवसायीहरुको बिचमा सम्बन्ध स्थापित गर्न प्रयासरत रहने कुरा समेत व्यक्त गरिन ।

संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि अमृत राईले सन् २०२२ सम्ममा अति कम बिकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन र सन् २०३० सम्ममा मध्यम आय भएको राष्ट्र बन्न नेपालले आफ्नो ब्यापारमा भारि मात्रामा सुधार गर्नु पर्ने कुरा उल्लेख गरे ।

कार्यक्रममा संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदुत कृष्ण प्रसाद ढकाल, थाईल्याण्डका लागि नेपाली राजदुत गणेश ढकाल, स्वीटजरल्याण्डका लागि नेपाली राजदुत मणी भट्टराई, फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारी र कुवेतका लागि नेपाली राजदुत दुर्गा शर्माले आफ्नो कार्यकालभरि समृद्द नेपाल सुखी नेपालीको नारालाई सार्थक तुल्याउन लाग्ने कुरा बताए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स र यसका बिषयगत समितिबाट करिब एक सय जनाको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु