भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

त्रिविमा संस्कृत अनुसन्धानमा कुलचन्द्र गौतम स्मृति संस्थाद्वारा सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २४ गते, बिहीबार २३:४१

माघ २४ काठमाडौं : त्रिभुवन विश्वविद्यालय संस्कृति केन्द्रीय विभाग र कुलचन्द गौतम स्मृति संस्थाविच संस्कृत केन्द्रीय विभागको नाममा वहुउदेश्यीय भवन निर्माण गरी संस्कृत, साहित्य, वेद, योग लगायतका विधाहरुमा अध्ययन/अनुसन्धान गर्ने सहमति भएको छ ।
उपकुलपति कार्यालयमा बिहिबार आयोजित सम्झौता पत्र हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गदै त्रिवि उपकुलपति प्रा.डा. तीर्थराज खनियाले समाजका महत्वपूर्ण व्यक्तित्वसँग जोडिएर विश्वविद्यालयहरुका शुभचिन्तकहरुले अनुसन्धान केन्द्र खोल्ने प्रयत्न गर्नुआफैमा पवित्र काम भएको बताए ।
‘विद्धानहरुको नाममा स्थापित संघसस्थाले विश्वविद्यालयका केन्द्रीय विभागहरुसँग सहकार्य गर्दा प्राज्ञिक गतिविधि बढ्नुको साथै ज्ञान उत्पादनमा महत्वपूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु’–उनले भने ।
कुलचन्द गौतम स्मृति संस्थाका अध्यक्ष डा.प्रसन्नचन्द्र गौतमले संस्कृत र नेपाली साहित्यका विद्धान कुलचन्द्र गौतमको नाममा त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक अध्ययन एवं अनुसन्धान हुनु मुलुक कै लागि गर्वको विषय रहेको बताए । उनले संस्कृति केन्द्रीय विभागको नाममा ४ हजार वर्गफिटको भवन निर्माण गरी प्राज्ञिक एवं अनुसन्धानका कार्य अगाडि वढाउने प्रतिवद्धता व्यक्त गरे ।
त्रिवि संस्कृत केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा नारायणप्रसाद विद्धान कुलचन्द्र गौतमको नाममा प्राप्त सहयोगले संस्कृत केन्द्रीय विभागमा योगमा स्नातक विषय सञ्चालयमा ल्याउने र संस्कृत विषयका प्राज्ञिक अनुसन्धान कार्यलाई अघि वढाउने जानकारी दिए ।
सो सम्झौता पत्रमा त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागको तर्फवाट विभागका प्रमुख प्रा.डा नारायणप्रसाद गौतम र कुलचन्द्र गौतम स्मृति संस्थाका अध्यक्ष डा.प्रसन्नचन्द्र गौतमले हस्ताक्षर गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु