प्रदेशका खानाको कम्तिमा एकवटा चलनचल्तीका खानाको प्रदर्शन तथा स्वाद चखाउने उदेश्य साथ प्रादेशिक फुड फेष्टीवल २०१९

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २५ गते, शुक्रबार १०:५६

काठमाडौ माघ २५। नेपाल सरकारले सन् २०२० लाइ नेपाल पर्यटन बर्ष मनाउने तयारी सुरु गरेको छ । उक्त बर्ष २० लाख बाह्य पर्यटक भित्याउने सरकारको लक्ष्य छ । २० लाख पर्यटक ल्याउने लक्ष्य सरकारको एक्लो प्रयाशले मात्रै पुग्दैन । यो अभियानमा आ आफ्नो तर्फबाट सबै लाग्न जरुरी छ ।नेपाली खानाको माध्यमबाट पनि लाखौं बाह्य पर्यटक नेपाल भित्रिने सम्भावना छ । चीन, थाइल्याण्ड, जापान लगायतका देशले खानाको माध्यमबाट बर्षनी करोडौ पर्यटक भित्र्याउने गर्छन् । नेपाल विभिन्न जात, जाती, भाषा, भाषी र संस्कृतिले सम्पन्न मुलुक हो । यहाँका जात जातीका आ आफ्नै भेष भुषा र खानाका परिकार छन् । त्यस कारण नेपाली खानाको माध्यमबाट विश्वका लाखौं पर्यटक नेपाल भित्र्याउने उदेश्यका साथ प्रादेशिक फुड फेष्टीवल २०१९ अभियान संचालन भइरहेको जानकारीदिएको छ ।
सोहि अभियान अन्तरर्गत सातवटै प्रदेशको खानाको चिनारी गराउँने उदेस्यका साथ ।अमेरिका बाट नेपाली खानाकाे प्रचार प्रसार गर्दै नेपालकाे रैथाने खानालाई विश्व वजारिकरण गर्ने अभियानका अभियान्ता बरिस्ठ सेफ तथा अमेरिकी बजारमा नेपाली फुड गुरूकाे उपाधि लियर आउनु नेपाल आउनु भएका सेफ सुरेश चन्द्र वस्नेत को आयोजना मा पर्यटकीय स्थल ठमेलस्थित ठमेल ईको रिसोर्टमा माघ २६ शनिबारदेखि प्रादेशिक फुड फेस्टिवल आयोजना हुने भएको छ। सातै प्रदेशका खानाको कक्तीमा एकवटा चलनचल्तीका खानाको प्रदर्शन तथा स्वाद चखाउने उदेश्यले आयोजना हुन भएको हुँदा यो अभियानमा सबैको हातेमालोको अपिल गनुभयो। नेपाली पहिचानलाइ हामी सबैले प्रबद्धन जरुरी छ । यस अभियानमा ग्लोवल नेप्लीज फेडेरेसन र जिएनसीएफ च्याप्टर अमेरिका लिंकन एभरेष्ट कर्पोरेशन युएसए र नेप्लीज वोल्ड वाइड सेफ एशोसिएसन युएसएले विश्वका पाँचै महादेशमा नेपाली खाना र नेपालको संस्कृती पर्यटन विकासमा हाते मालो गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु