काठमाण्डौं । माघ २६ । तिन दिन देखि मौसम बदली रहंदा काठमाण्डौं उपत्यकामा चिसो बढेको छ । आज बिहानै देखि चिसो बढदा काठमाण्डौं उपत्यका आसपासका डाँडाहरुमा हिँउ परीरहेका छन् । फुल्चोकी डाँडा, शिवपुरी, चन्द्रागिरी, नार्गजुन, नगरकोट, साँखु लगायतका ठाँउहरुमा बाक्लो हिँउ परेको छ । काठमाण्डौंमा क्षणक्षणमा हावाहुरी चल्ने, पानी पर्ने तथा घाम लागि रहेको छ ।