सन्तोष बजगाई, काठमाण्डौं । बेलकोटगढी–८ जिलिङस्थित कल्याणीदेवी माध्यामिक विद्यालयले आफ्नो स्थापनाको ५६ औ बार्षिकोत्सव एक समारोहका विच माघ २५ गते सम्पन्न गरेको छ ।
विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरि उक्त बार्षिकोत्सव तथा अभिभावक भेला गरेको हो । उक्त अवसरमा प्रतिनिधिसभा सदस्य नारायण प्रसाद खतिवडा, प्रदेशसभा सदस्य केशव पाण्डे लगायत अभिभावक, शिक्षक, विद्यार्थीका साथै पुर्व शिक्षक, विद्यार्थी एवं समाजका अन्य विभिन्न व्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रममा विद्यालयलाई विभिन्न कालखण्डमा सहयोग गर्नुहुने व्यक्तिहरु तथा पूर्व प्रधानअध्यापक हेम प्रसाद अधिकारी लगायतलाई सम्मान गरिएको थियो । साथै विद्यालयकी शिक्षीका सरस्वती गजुरेलको लेखन तथा निर्देशनमा पश्चाताप नामक एक नाटक समेत प्रस्तुत गरिएको थियो ।