बसन्त पन्चमीको अवसरमा सरस्वतीखेलको सरस्वती मन्दिर परिसर भक्तपुरमा भक्ति संगीत र शास्त्रीय संगीत :

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २८ गते, सोमबार ०८:२६

माघ २७, काठमाडौं । बसन्त पन्चमीको अवसरमा आज सरस्वतीखेलको सरस्वती मन्दिर परिसर भक्तपुरमा भक्ति संगीत र शास्त्रीय संगीत कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रमको शुरुमा शास्त्रीय बादन अन्तर्गत तबला बादनमा बरिष्ठ तबला बादक पण्डित अच्युतराम भण्डारीले तीन तालमा तबला सोलो बादन प्रस्तुत गर्नु भएको थियो ।

यसैगरी भक्ति संगीततर्फ पत्रकार तथा गायक किशोर सेढाई र
कुल बहादुर कार्कीले भक्ति संगीत प्रस्तुत गर्नु भएको थियो ।
बसन्त पन्चमी र सरस्वती पुजाको अवसरमा हरेक वर्षझैं यस पटकपनि सरस्वतीखेलको सरस्वती मन्दिर परिसरमा भक्तजनको भीड लागेको थियो । अभिभावकहरुले आफना ससाना बालवालिकाहरुलाई सरस्वती मन्दिरमा दर्शनका लागि ल्याएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु