नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

काठमाडौ महानगरपालिकाको ४ नं वडा कार्यालय बालुवाटार बाट चण्डौलमा :

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २८ गते, सोमबार ०९:०१

 

किशोर सेढाई ।

माघ २७, काठमाडौं । काठमाडौं महानगरपालिकाको बालुवाटारस्थित रहेको ४ नं वडा कार्यालय भवन आज देखि कामनपा ४ नं वडाकै चण्डोलमा सरेको छ ।

सो नँया वडा भवनकोे आज एक समारोहबीच उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले उदघाटन गर्नु भयो ।

उदघाटन कार्यक्रममा बोल्दै रक्षा मन्त्री पोखरेलले विकास निर्माणको काममा ४ नं वडा कार्यालय काठमाडौं महानगरपालिकाको अग्रणी स्थानमा रहेको बताउँदै जनतालाई चाहिने आवस्यक दैनिक कार्यहरु सुचारु रुपले गर्नको लागि ४ नं वडाका जनप्रतिनिधहरुलाई निर्देशन दिदैं नँया भवनमा कार्यालय सुचारु भएकोमा वडावासी सवैलाई शुभकामना पनि दिनु भयो ।
यसैगरी मन्त्री पोखरेल आफनो सरकारको कार्यकालमानै आफुहरुले प्रतिबद्धता गरेको जेष्ठ नागरिकहरुको मासिक भत्ता रु पाँच हजार पुन्याउने समेत बताउनु भयो ।

उदघाटन पछि मन्त्री पोखरेलले नँया वडा भवनको निरीक्षण समेत गर्नु भएको थियो ।

सोहि उदघाटन कार्यक्रममा शुभकामना सहित आफनो मन्तव्य राख्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफनो कार्यकालमा सवै वडाको आफनै भवन बन्ने बताउँदै महानगरको विकासको काम अव नरोकिने बताउनु भयो ।
सम्बोधन पछि प्रमुख शाक्यले नँया वडा भवनको निरीक्षण समेत गर्नु भएको थियो ।

कार्यक्रममा आफनो भनाई राख्दै ४ नं वडाका वडाध्यक्ष मोहनबहादुर विष्टले विगत १३ वर्षदेखि भुमाफियाले आफनो कब्जामा लिएको सो सार्वजनिक जग्गालाई विभिन्न प्रक्रिया पछि पाटनको पुनराबेदन अदालतले काठमाडौं महानगरपालिको पक्षमा फैसला गरे पछि सो सरकारी जग्गामा बनेको एक तल्ला घर समेत ४ नं वडा कार्यालयको रुपमा आज देखि सुचारु भएको बताउनु भयो ।

सो उदघाटन कार्यक्रममा ३ नं प्रदेशका सांसदद्धय नारायण सिलवाल र सीता अधिकारीले पनि आफनो भनाई राख्दे काठमाडौं महानगरपालिका र आजदेखि नँया भवनमा सरेको े ४ नं वडा कार्यालयलाई शुभकामना दिनु हँदै काठमाडौं महानगरपालिकाको हरेक सामाजिक कार्यमा आफुहरुको पनि निरन्तर सहयागे रहने बताउनु भयो ।
यसैबिच काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले एक कार्यक्रमबिच बालुवाटारस्थित हाल रहेको कामनपा ४ नं वडाको निर्माण गरिने नँया भवनको शिलान्यास पनि गर्नु भयो ।
यसअघि महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौको लैनचौरमा रहेको वडा नं २६ को नँया भवनको र नरदेवीसीथत वडा नं १८ को वडा भवनको पुनःनिर्माणको शिलान्यास गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु