भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

यूएईमा अलपत्र १ सय ५० नेपाली कामदार मध्ये २८ जना नेपाल फर्किए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २८ गते, सोमबार १९:५९

यूएई – आबुधाबीमा अलपत्र परेका १ सय ५० जना नेपाली कामदारसहित साढे ७ सय कामदारको उद्दार गरेर सम्बन्धित देश फर्काउने प्रक्रिया सुरु भएको छ । यूएई सरकारले चासो देखाएपछि कम्पनीको नयाँ व्यवस्थापनले गएको बिहीबारदेखि कामदारलाई क्षतिपुर्तीसहित सम्बन्धित देश फर्काएको हो ।

अलपत्र डेढ सय नेपाली कामदार मध्ये २८ जना नेपाल फर्किएका छन् । कम्पनीले शुक्रबार १४ जना नेपालीलाई नेपाल पठाएको थियो । शुक्रबार नेपाल फर्किनेमा कुलबहादुर ओली, राजेन्द्र कार्की, पूर्णबहादुर मन्धाने, सञ्जयकुमार बिष्ट, रामबहादुर गोले, धिरेन्द्र बहादुर महरा, हुनुहुन्छ । त्यस्तै भिमबहादुर सिन्जाली, भोजबहादुर हायु, देवीलाल रम्तेल, श्यामबाबु ठाकुर, भुवनसिङ बिके, सन्तोष गुरुङ, शुकलाल बिके र पूर्णबहादुर भुजेल पनि नेपाल फर्किनुभएको छ ।

त्यस्तै शनिबार बिहान ७ जनालाई नेपाल फर्काएको हो । शनिबार बिहान नेपाल फर्किएका मध्ये राजाराम अर्याल, सुरज श्रेष्ठ, हरिप्रसाद बजगाईं, सन्तोष गिरी, चिरन्जिवी अछामी, इन्सान थापा, मुकेश नेपाली हुनुहुन्छ । यस्तै ७ जनालाई शनिबार साँझ नेपाल फर्काइएको छ । शनिबार साँझ नेपाल फर्कनेमा मानबहादुर राटोकी, धनीराम थारु, नारायण गुरुङ, सान्तबहादुर कामी, भोजबहादुर भोल, रमेशबहादुर महरा, र सुमन महर्जन हुनुहुन्छ ।

उद्दार गरिएका सबैलाई आबुधाबीबाट भारत ट्रान्जिट हुँदै नेपाल फर्काईएको हो ।  अब ९० जना नेपालीलाई केही दिनमै नेपाल फर्काउन लागेको पीडितहरुले बताएका छन् । फर्किने सबैले आफूले पाउनुपर्ने रकमको ५० प्रतिशत हिसाब बुझेर फर्किएको बताएका छन् ।

यूएईले चासो देखाएर पाउनु पर्ने पुरै रकमका लागि अदालतमा मुद्दा दायर गर्न मोबाइल कोट स्थापना गरेर काम गरिरहेको थियो । तर त्यसमार्फत कोही पनि नेपालीले मुद्दा दर्ता गरेनन् ।

दिएको विकल्प मध्ये सबै ५० प्रतिशत रकम बुझेर सबै नेपाली फर्किने तयारीमा हुनुहुन्छ । काम गरेको महिनाको तलब नदिई कम्पनीका सञ्चालक जोर्डन तथा कतारका नागरिक यूएई छोडेर भागेपछि नेपालीसहित साढे ७ सय कामदार अलपत्र परेका थिए ।

अल वासिता एमिरेट्स क्याटरिङ्ग कम्पनीको मुसाफा ४० नम्बरमा अलपत्र कामदारको विषयमा यूएईको श्रम तथा स्थानीय प्रशाशनले चासो देखाएर विकल्पसहित आफू कामदारको अधिकारको पक्षमा रहेको बताएको थियो ।

कामदार अलपत्र परेपछि यहाँको सरकारले श्रम तथा मानव संसाधन मन्त्रालयका सचिवको नेतृत्वमा अध्ययन तथा छानविन टोली बनाएर कम्पनीमा अलपत्र परेका कामदारलाई खाना, बस्नसहित उनीहरुको स्वास्थ्यकोसमेत जिम्मा लिएको थियो । उसैको सकृयतामा नेपालीसहित सबै कामदारको उद्दार भइरहेको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु