भक्तपुरमा “आफैँमा विश्वास गर्नुहाेस्” विषयमा प्रेरणात्मक कार्यक्रम सम्पन्न:

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २८ गते, सोमबार २२:३८

माघ २८, भक्तपुर- वर्तमान युवा पुस्तालाई जस्तोसुकै परिस्थितिमा पनि विचलित नभई अघि बढ्न हौसला दिने उद्देश्यले वी मार्च संस्था द्वारा भक्तपुरको गपली स्थित स्टुडेन्ट प्लानेट कन्सल्टेन्सीमा “बिलिभ ईन योरसेल्फ””(“आफैँमा विश्वास गर्नुहाेस्”) विषयक प्रेरणात्मक कार्यक्रम आयोजना गरियो। लियो क्लब काठमाडौँ देउराली र स्टुडेन्ट प्लानेट कन्सल्टेन्सीको सहयोगमा सञ्चालित उक्त कार्यक्रममा जाउलाखेल व्हिलचेयर स्पाेर्ट्स क्लबका अध्यक्ष भरत वि.सी. द्वारा आफ्नो अनुभव मार्फत जीवनमा संघर्ष गरे सफलता हासिल हुने कुरा प्रकनश पार्नुभयो ।कार्यक्रममा वि.सी.ले अपाङ्गतासम्बन्धी जनमानसको व्यवहार साथसाथै लियो क्लबका उपाध्यक्ष हेमराज जोशीद्वारा “आत्मचेतना” सम्बन्धी प्रस्तुति दिएका थिए।
“अपाङ्गता भएको व्यक्तिले जीवनमा पाएको सफलताबाट हामी प्रेरित भएका छौँ। आगामी दिनमा अरुलाई पनि प्राेत्साहन दिई सृजनात्मक क्रियाकलाप गर्दै जानेछौं,”कार्यक्रम संयोजक बिनिशा अधिकारीले जानकारी दिनुभयो। “जसरी अभाव पनि मौसमको प्रभावको बाबजुद कार्यक्रम सफल भयो त्यसरी नै वी मार्चका वी केयर अभियान, ब्लडपल अभियान, अटोक्याड तालिम लगायत अन्य कार्यक्रम सफल बनाउन सबै मिलेर लाग्नुपर्छ,” संस्थाका संस्थापक अध्यक्ष सुशन कर्माचार्यले जोड दिनुभयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु