दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गैरआवासीय नेपाली संघ ले सरकारलाई गोरखाको लाप्राकस्थित एकीकृत नमूना बस्ती निर्माणको प्रगति विवरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २९ गते, मंगलवार १३:२४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सोमबार सरकारलाई गोरखाको लाप्राकस्थित एकीकृत नमूना बस्ती निर्माणको प्रगति विवरण बुझाएको छ ।
संघको तर्फवाट केन्द्रीय अध्यक्ष भवन भट्टले उक्त विवरण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई बुझाएका हुन् ।

एनआरएनले सरकारलाई पेश गरेको विवरणमा लाभग्रहीलाई घरहरु हस्तान्तरण गर्नको लागि आवश्यक कित्ताकाट प्रकिया, लालपूर्जा उपलव्ध बनाउन निवेदन, परिमार्जित गुरु योजना, गोला प्रथाबाट तोकिएको लाभग्राहीको सूची र घर नम्बर सहितको आवश्यक कागजातहरु समावेश रहेका छन् ।

सो क्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवाली लाप्राक परियोजनामा निर्माण प्रक्रियामा प्राधिकरणको पूर्ण सहयोग रहने वताउँदै अहिले सम्म भएको प्रगतिप्रति खुसी व्यक्त गरे ।
०७२ बैशाख ११ को भूकम्पले ध्वस्त भएको बस्ती मध्येको एक लाप्राक नमुना बस्ती एनआरएनको लगानीमा निर्माण भएको हो ।जनसवालडटकम

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु