• सन्तानेश्वरमा स्वस्थानी माताको बिशेष पूजा अर्चना र रथ यात्रा हुँदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार १५:४२

    माघ २९,ललितपुर- ललितपुरको गोदावरी नगरपालिका १३ स्थित झरुवारासीमा अवस्थित सन्तानेश्वर महादेव मन्दिर परिसरमा स्वस्थानी माताको बिशेष पूजा अर्चना र रथ यात्रा हुने भएको छ । श्री सन्तानेश्वर महादेव संरक्षण तथा सम्बर्धन सेवा संघको आयोजनामा यहि फल्गुण ४ गते शनिबार स्वस्थानी माताको मन्दिरको समुदघाटनका साथै पूजा अर्चना र रथ यात्रा हुन लागेको हो । नव निर्मित स्वस्थानि मन्दिरकाे समुदघाटन कार्यक्रम बिहान ११:३० बजेका लागि तय गरिए छ ।

    संघका अध्यक्ष बिनोद खड्काका अनुसार हाल सन्तानेश्वर महादेव मन्दिर परिसरमा शिव पुराण वाचन भईरहेको छ । श्री पञ्चमी देखी शुरु गरिएको शिव पुराण स्वस्थानी साङेको दिन बिधीवत समापन हुनेछ । त्यसै गरी मन्दिर परिसरमा फाल्गुण ६ गते लाख बत्ती प्रज्जवलन र फाल्गुण ७ गते बटुकहरुको निशुल्क ब्रतबन्ध गर्ने कार्यक्रम रहेको छ ।

    पवित्र हिन्दू ग्रन्थ स्वस्थानी ब्रतकथामा उल्लेख भए अनुसार उक्त स्थानमा सतीदेवीको उपल्लाे ओठ पतन भएको मानिन्छ । त्यसैले पनि यस स्थललाई पावन भूमिका रुपमा पुजिदै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु