उदयमानगायक सञ्जय उपमन्यु पाण्डेको,“तिमी बिना निरास निरास” सार्वजानिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २९ गते, मंगलवार १९:३४

रबिन थपलिया। माघ २९।। नुवाकोट जिल्ला शिवपुरी गाँउपालीका वडा नं ८ थानापति घर भई हाल धापसीमा बस्दै आएका २८ बर्षिय पाण्डेले संगित बिषयमानै ललितकला क्याम्पसबाट स्नाकोत्तर गरेका छन् । बिगत १२ बर्ष देखिको संगीत अनुभब बोटुल्दै आधुनीक गायन क्षेत्रमा औपचारीक रुपमा प्रवेश गरेका पाण्डेको पहिलो गितको अपार सफलतासंगै नयाँ नयाँ भजन तथा आधुनीक पप गितहरु दर्शक श्रोतालाई दिने तयारीमा छन् ।

दैनिक ३ देखि ४ घण्टा शास्त्रीय संगितमा साधना गर्ने गरेका पाण्डेले बिभिन्न विद्यालय तथा संगित प्रशिक्षण केन्द्रहरुमा समेत संगितको प्रशिक्षण दिंदै आइरहेका छन् । अन्य गित–संगितको तुलनामा नेपालको शास्त्रीय संगित क्षेत्रको बिकास र बिस्तारमा ढिलाई भइरहेको बताँउदै पाण्डेले संगित क्षेत्रको बिकास र बिस्तारका लागि सोहि बिषयमा पिएचडी गर्ने लक्ष्य लिएको बताए । संगितमा गुरु शिष्य परम्परालाई मान्यता दिने पाण्डेले अझै पनि गुरु शिक्षालाई निरन्तरता दिइरहेका छन् ।

संगित क्षेत्रमा लाग्नको लागि परिवार, आफन्ता, दाजुभाई, साथीहरुको राम्रो सहयोग पाएको बताँउदै गायक पाण्डेले उनका आफ्ना सुभचिन्तक,सहयोग गर्ने सबैलाई धन्यवात दिंदै आगामी दिनहरुमा साथ, सहयोग, हौसलाको आशा राखेको बताए ।
निरास निरास बोलको गितसंगै औपचारीक रुपमा संगितक दुनियाँको चौतारीमा प्रवेश गरेका नव गायक पाण्डेको पहिलो पाइलानै सफलतामा पुगेपछि एल्बमहरुमा गितगाउने देखि म्युजीक भिडीयो समेतको अफर आइरहेको बताइएको छ । संगितीक क्षेत्रको यो दुनियाँमा प्रवेश गरेका नवगायक सञ्जय उपमन्यु पाण्डेको संगितीक यात्रा सफलहोस न्यूजलाईन्स् मिडियाको तर्फबाट हार्दिक बधाई र सुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु