दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तेज वहादुर लिम्वुको अध्यक्षतामा गैरआवासीय नेपाली संघ माल्टा राष्ट्रिय समन्वय समिति गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन १ गते, बुधबार १२:३२

काठमाडौं, १ फागुन । करिव ४ हजार नेपाली बसोवास गर्ने देश माल्टामा तेज वहादुर लिम्वुको अध्यक्षतामा गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा राष्ट्रिय समन्वय समिति गठन गरिएको छ । कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले कार्यसमितिमा चुनिएका पदाधिकारीलाई मंगलवार पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै उपाध्याक्ष पन्तले माल्टामा छरिएर रहेका नेपालीहरुलाई एकै सुत्रमा बाँध्ने कदमको सुरुवात गरेको बताउनुभयो ।

कुनैपनि मुलुकमा विभिन्न सम्भावना स्थापित गर्न सके समृद्ध बनाउन सकिने बताउँदै उहाँले भन्नुभयो, माल्टा जस्तो सानो मुलुकमा पनि अथाह सम्भावना भएरै हो आज हाम्रै ४ हजार बढी नेपाली दाजुभाई दिदीबहिनी यहाँ बसोबास गरिरहनुभएको छ । यस्तै सम्भावना हाम्रो नेपालमा पनि छ ।

जसको सदुपयोगका लागि हामीले हातेमालो गरेर अघि बढ्न जरुरी छ । उहाँले माल्टामा गठित एनसीसीले सो क्षेत्रमा रहेका नेपालीलाई एकत्रित गरी आपसी भाइचारा अभिवृद्धिमा सघाउ पुर्याउने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले चुनिएका सम्पूर्ण पदाधिकारीलाई बधाई ज्ञापन गर्नुभयो । यसै बीच भेलाले तेज वहादुर लिम्वुको अध्यक्षतामा संघको २५ सदस्सीय माल्टा राष्ट्रिय समन्वयन समितिको तर्दश समिति गठन गरेको छ ।

यस्तै उपाध्यक्ष रेमलाल खनाल, कृष्ण थापा, महासचिव सन्देश केसी, सचिव शंकर पोखरेल, कोषाध्यक्ष सदिन पोखरेल, सहकोषाध्यक्ष सरिता राई चयन भए । भेलाले महिला संयोजक सुस्मा राई, युवा संयोजक रोसन गिरी र सदस्यहरुमा शुसिल अधिकारी, वासुदेव अधिकारी, राजिव दाहाल, शंकर खत्री, कुश कुमारी गुरुङ, महेश्वर श्रेष्ठ, शंकर गुरुङ, मनिता शेढाई, निरज ढकाल, प्रदीप काफ्ले, शिव शंकर राय, अर्जुन पौडेल, दिपक खनाल, विरेन्द्र घिमिरे, मनिष अर्याल, अर्विन पौडेल चयन गरेको छ ।

भेलामा गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष सोम सापकोटा, युरोप संयोजक शिव वरुवाल लगायतको उपस्थिती थियो । युरोप संयोजक वरुवालले आफ्नो क्षेत्रमा नयाँ देश थपिएकोमा खुशी ब्यक्त गर्नुभयो । जनसवालदैनिक

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु