• प्रणय दिवशमा सिटिसी मोबाइल हबको उपहार : आईफोन एक्स, स्मार्टफोन किन्दा डिटिसीको सेल्फी मोबाइल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार १२:४६

    काठमाडौ १ फागुन । स्मार्ट मोबाईल फोनको लागी नेपालकै उत्कृष्ट सुविधा सम्पन्न मोबाईल हब सिटिसी मोबाईल हबले प्रणय दिवशको उपलक्ष्यमा आईफोन एक्स उपहार बितरण गर्ने भएको छ । यसका साथै मोबाइल हबले प्रणय दिवशका दिन स्मार्टफोन खरिद गर्ने प्रत्येक सेवाग्राहीलाई डिटिसीको सेल्फी मोबाइल उपहार स्वरुप बितरण गर्ने भएको छ ।

    सुनधाराको सिटिसी मलमा रहेको मोबाइल हबले आफ्नो फेसबुक पेज लाइक गरी पेजमा राखिएको पोष्टमा सबैभन्दा धेरै लाइक कमेण्ट तथा शेयर गर्नेहरुलाई आईफोन एक्स उपहार योजनामा सहभागि गराईरहेको छ । प्रणय दिवशका दिन दिउँसो ३ बजे सिटिभि मोबाइल ग्रुपको फेसबुक पेज यस ट्रेडर्स प्रालिबाट प्रत्यक्ष प्रशारण मार्फत ६४ जिबीको आईफोन एक्स विजेता घोषणा गरिनेछ ।
    यसका साथै प्रणय दिवशका दिन मोबाइल हबमा कुनै पनि ब्राण्डको स्मार्टफोन खरिद गर्नेहरुलाई अनिवार्य रुपमा एउटा डिटिसीको सेल्फी मोबाइल उपलब्ध गराइने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राइले बताए ।

    यसका साथै सिटिभि मोबाइल ग्रुप अन्तरगतका सिटिसी मोबाइल हब सुनधारा, केएल टावर चाबहिलमा रहेको केएल मोबाइल हब, मर्कान्टाइल प्लाजा दरबारमार्गमा रहेको एप्प्ल वल्र्ड मोबाइल र ताम्राकार कम्प्लेक्स न्युरोडको पहिलो तल्लामा रहेको सिटिभि मोबाइलमा मोबाईल एक्सचेञ्ज अफर सञ्चालन भैरहेको छ । जस्तो सुकै पुरानो मोबाइल ल्याएर यो अफरमा नयाँ मोबाइल साट्न सकिन्छ ।
    साथै मोबाइलहरुको मोडल नम्बरका आधारमा ६० प्रतिशतसम्मको छुटमा मोबाइल खरिद गर्न पनि सकिन्छ ।
    यसका साथै मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका सामाग्री शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा उपलब्ध गराईने सिटिभि मोबाइल ग्रुपका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए ।
    उल्लेखित सबै मोबाइल शपहरुमा उपभोक्ताले विशेष छुटमा ग्याजेट्स किन्न सक्नेछन भने ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि लिन सक्नेछन्

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु