दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

किङ्स लाउन्जले पोखराको लेकसाइडमा पहिलो शाखा खाेल्ने, सेवा सुरु गरेको वर्ष दिन पुरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन १ गते, बुधबार २१:३९

किङ्स लाउन्जले पोखरामा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा आगामी बैशाख १ गतेदेखि पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक लाउञ्ज सञ्चालनमा ल्याउन लागिएको हो ।

पहिलो वर्षको समाप्तिसँगै पहिलो शाखाका रुपमा पोखराबाट सेवा सुरु गर्न लागिएको भन्दै किङ्स लाउञ्ज व्यवस्थापनले आगामी दिनमा अझै प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाएको छ । काठमाण्डौंको दरबारमार्गबाट उपलब्ध गराउँदै आएका सेवालाई अझै परिष्कृत रुपमा पोखराका सेवाग्राहीलाई सेवा दिने लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए ।
काठमाण्डौंको दरबारमार्गमा अवस्थित किङ्स लाउन्जले ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै सेवा विस्तारलाई तिब्र पारेको श्रेष्ठको भनाई छ ।


यसै गरी प्रेम दिवसको दिन मंगोलियन हर्टले दरबारमार्गस्थित किङ्स लाउन्जमा प्रस्तुती दिने भएको छ । मंगोलियन हर्टका राजु लामाले व्याण्डको सिरिज कन्सर्ट अन्तरगत किङ्स लाउन्ज दरबार मार्गमा सांगितिक प्रस्तुती दिन लागेका हुन् । प्रेम दिवशका दिन साँझ ६ बजेदेखि लामाले आफ्नो व्याण्डको साथमा सांगितिक प्रस्तुती दिने छन् ।

छोटो समयमा आफुलाई देशकै नमूना रेष्टुरेण्ट बनाउन सफल भएको दाबी लाउञ्ज व्यवस्थापनको छ ।
नयाँ तथा पुराना संगीतहरुले भरपुर मनोरन्जन दिनुका साथै आफु स्वयमले पनि गाउन सक्ने, शान्त पारिवारिक वातावरण भएको, परिवारका सम्पुर्ण सदस्यले एकैसाथ मनोरन्जन लिन सक्ने, ग्राहकहरुलाई लाउन्जको सवारी साधनबाट घरसम्म निःशुल्क पुर्याई दिने ब्यवस्था लाउञ्जले गरेको छ ।

लाउञ्जले दिउसोको समयमा आउने ग्राहकहरुलाई २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ । लाउञ्जले बिहान ११ बजेदेखि राती साढे १२ बजेसम्म सेवा दिँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु