• समर लभ’ले पिकअप लिदैं

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार २२:२३

     काठमाडौं। शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म बर्षात कारण रिलिजको दुई दिनसम्म सुखद रुपमा चल्न सकेन । बर्षात भईरहँदा पनि शनिवार दर्शकहरु हलसम्म तानिए । फिल्मप्रति दर्शकको माया र प्रतिक्रियालाई लिएर निर्माण टिम आशावादी दखिएका छन् । फिल्मले विस्तारै पिकअप लिईरहेको फिल्मका निर्देशक मुस्कान दकालले फिल्मी फण्डालाई बताएका छन् ।

    शुक्रबारको तुलमाना फिल्मप्रति शनिबार दर्शकको साथ उच्च देखियो । बर्षातका कारण बिहानी शोजहरु प्रभावित हुँदा दिवा शोमा भने दर्शकको चाप बढ्यो । शनिबारको दिवा शोमा राजधानीको मुख्य केन्द्र मानिने गोपीकृष्णको १ हजार बढि क्षमताको गोपी पर्दा हाउसफुल बन्दा अष्टनारायण हलमा पनि सोहि प्रकारको उपस्थिती दर्शकको देखियो निर्देशक दकालले भने ।

    मल्टिप्लेक्स तर्फ सिभिल मल, लाबिङ मल लगायतका शोजहरुमा पनि दर्शकको चाप राम्रो भएको उनले बताए । अझ उनले फिल्मको लागि राम्रो दिन भ्यालेन्टाइन डे भएको बताएका छन् । उक्त दिन फिल्मले उत्कृष्ट व्यापार गर्ने उनको दावी छ । सोही दिनको व्यापारका कारण दर्शक फिल्मप्रति सकरात्मक हुने र फिल्म दोश्रो हप्तामा पनि जाने उनको दावी रहेको छ ।

    सुबिन भट्टराईको प्रेमिल उपन्यासमा आधारित फिल्ममा आशिष प्रिया, रेवती क्षेत्री, सुरजसिंह ठकुरी, नम्रता सापकोटा, सरोज खनाल, ओमप्रतिक, कविता रेग्मी, शिशिर भण्डारी लगायत लिड अभिनयमा छन् । फिल्मको पटकथा सुबिन र सामिप्यराज तिमिल्सेनाले लेखेका छन् । सञ्जय लामाको छायाँकन रहेको फिल्ममा कार्यकारी निर्माता बिनोद अधिकारी छन् भने इन्दु भण्डारी र खगेन्द्र श्रेष्ठ निर्मातामा छन् । पुष्पन प्रधानको संगीत रहेको फिल्मले सांगितिक रुपमा पनि आफुलाई अब्बल प्रमाणित गरेको छ ।

    फिल्मी फण्डाबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु