उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको वर्षदिनको उपलब्धि सार्वजनिक गर्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २ गते, बिहीबार १०:१९

काठमाडौं, २ फागुन । सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सरकारको वर्षदिनको उपलब्धि सार्वजनिक गर्दै हुनुहुन्छ । उहाँले सिंहदरबारमा ग्यालरी बैठक अगाडि दिउँसो ४ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारको एक वर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

त्यसअघि प्रधानमन्त्री ओलीले बिहान १० बजे ललितपुरको एकान्तकुनामा नेपाल पानी जहाज कार्यालयको र काठमाण्डौको राष्ट्रिय सभागृहमा साढे १० बजे जनताको जलविद्युत आयोजना कार्यक्रम उद्घाटन गर्ने कार्यतालिका छ ।

‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने नारा तय गरिएको ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रममा नागरिकको छरिएर रहेको पूँजी परिचालन गर्ने सरकारको योजना छ । आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत सेयर तथा प्रभावित क्षेत्रका नागरिकको १० प्रतिशत सेयर रहने गरी कानुनी व्यवस्था गरिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ । कार्यक्रम अन्तरगत ३ हजार ७ सय ८९ मेघावाट क्षमताको १९ वटा ललविद्युत आयोजना निर्माणका लागि करिव ६ खर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

ओली नेतृत्वको सरकार गठन भएको भोलि एक वर्ष पूरा हुँदैछ । दुईतिहाईको सरकार गठन भए पनि काम भन्दा धेरै कुरामात्र भएको गुनासो बढ्दै गएको छ । यो एक वर्षमा सरकार विकास बजेट खर्च बढाउन असफल भएको छ । बजेट सार्वजनिक भएको सात महिनासम्म पनि सरकारले जम्मा साढे २२ प्रतिशत मात्रै विकास खर्च गरेको छ । सरकारले बजेट खर्च सुधार्नको लागि जेठ १५ गते नै बजेट ल्याउने चलन सुरु गरे पनि विकास बजेट खर्चको अवस्था सुध्रन नसकेको हो ।

यसैगरी यो एक वर्षमा व्यापार घाटा बढेको छ भने नेपाललाई चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ८५ अर्ब रुपैयाँ शोधान्तर घाटा भएको छ । तर विदेशी मुद्रा सञ्चितिको स्थिति भने उस्तै रहँदा वैदेशिक लगानी पनि घटेको छ ।जनसवाल दैनिकमा समचार छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु