काठमाडौं, २ फागुन । कतारको दोहामा आयोजना हुन गइरहेको हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९को विशेष तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन् । कार्यक्रम १५ फेब्रुअरीमा कतारको दोहास्थित बेस्ट वेस्टर्न प्लस होटलमा शुक्रबारका दिन आयोजना हुँदैछ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा कतारका लागि नेपाली राजदुत प्राडा रमेशप्रसाद कोइराला रहेका छन् ।
उक्त कार्यक्रम कार्यक्रमका लागि विभिन्न विधाका तीन दर्जन कलाकार कतार पुगिसकेका छन । कार्यक्रममा नेपालका विभिन्न चर्चित कलाकारहरुले प्रस्तुति दिदैछन । हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९ को नोमिनेशन अवार्ड बितरण एब सम्मान कार्यक्रम शुक्रबार दोहामा सम्पन्न हुने आयोजकले बताएका छन् । सोही अवसरमा समाजमा अतुलनीय योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मानसमेत गरिदै छ ।
गीत–सङ्गीतले समाजलाई सकारात्मक परिबर्तन गर्न सहयोग पुग्ने र स्रस्टाको सम्मान गर्न पाउनु गौरवको विषय भएको आयोजकले उल्ले गरेका छन् । कार्यक्रममा कतारबासी सम्पूर्ण नेपाली संगीतप्रेमी महानुभावहरुलाइ आफ्नो गरिमामय उपस्थिति जनाई भरपुर मनोरञ्जन लिएर कार्यक्रम सफल पारिदिनसमेत आयोजकले हार्दिक अनुरोध गरेका छन् । कार्यक्रम जनसवाल राष्ट्रिय दैनिक र हिमालयन नेपाली इभेन्ट्सको आयोजनामा हुन लागेको हो ।