काठमाडौं, २ फागुन । कतारको एक प्रतिष्ठित कम्पनीले आफ्नो कम्पनीमा कार्यरत ३० जना कामदारहरुलाई सुनको सिक्का पुरस्कार स्वरुप प्रदान गरेको छ । कतारको आइओएस प्राप्त कम्पनी नासर अल अलीले इन्टरप्राइजेजमा कार्यरत ३० जना कामदारलाई १० ग्रामका दरले ३०० ग्राम सुनको सिक्का पुरस्कार स्वरुप प्रदान गरेका हुन् । कम्पनी मालिक अलीले उत्कृष्ट, मेहनती र इमान्दार कामदारहरुलाई पुरस्कार स्वरुप सुनको सिक्का हालै प्रदान गरेका हुन् ।
यसैगरी १ देखि ६ वर्षसम्म निरन्तररुपमा सोही कम्पनीमा काम गरिरहेका कामदारहरुलाई पनि कम्पनी मालिक अलीले प्रमाणपत्र प्रदान गरेका थिए । सुनका सिक्का पुरस्कार पाउने कामदारहरुले नासर अल अली इन्टरप्राइसेस आफैमा राम्रो कम्पनी भएको र कम्पनी मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएका बताए । अलीले कामदारहरु सवैसँग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने भएकोले सवै कामदारहरुका लागी उनी मालिक नभएर अविभावक जस्तै रहेको कामदारहरु बताउँछन् ।
सुनको सिक्का पाएर खुशीले दङ्ग भएका कामदारहरुले आफुले पाएको यो सुनको सिक्का पुरस्कार घर पठाउने बताए । आफनो घर परिवारमा आर्थिक समस्या परेको वेलामासमेत आर्थिक सहयोग उपलब्ध गराएर समस्या टारिदिने गरेका कम्पनी मालिक नासर अल अलीले कामदारहरुलाई कहिले नहप्काउने र सवैलाई मित्रवत व्यवहार गर्ने गरेको अनुभव त्यस कम्पनीमा कार्यरत् सवै कामदारहरुको रहेको छ । समय–समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि इत्यादि पुरस्कार स्वरुप दिएर कम्पनी मालिक नासर अल अलीले आफना कम्पनीको कामदारहरुको हौसला र मनोवल बढाउदै आइरहेका छन् ।आजको जनसवालदैनिक मा समचार छ।