• नेपालले उपविजेताको रुपमा म्यानमासँग उपाधि भिडन्त पक्का

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार १३:१८

    फागुन २ काठमाडौं । नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमा अपराजित रहँदै नौ अङ्कका साथ फाइनल प्रवेश गरेको थियो । तीन खेलमा ६ अङ्क जोडेको नेपालले उपविजेताको रुपमा म्यानमासँग उपाधि भिडन्त पक्का गरेको थियो । नेपालले उपाधिका लागि शुक्रबार म्यानमासँग प्रतिस्पर्धा गर्नेछ ।

    आयोजक भारतले एक जितसहित तीन अङ्क बटुल्यो भने इरान अङ्कविहीन हुँदै घर फर्कियो । यसअघि बुधबार भएको लिग चरणको अन्तिम खेलमा इरानलाई पराजित गर्दै नेपालले फाइनल प्रवेश गर्ने सम्भावना बनाएको थियो । नेपालको जितमा सावित्रा भण्डारीले दुई तथा अनिता बस्नेतले एक गोल गरिन । साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा आयोजक भारतसँगै म्यान्मा, इरान र नेपाल सहभागी छन् ।जनसवालडटकम

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु