
मोजिबूलाह , फागुन ३, राैतहट
आर डी सी नेपाल तथा The_Learning_Together को सहयोगमा रौतहटको यमुनामाई गाउँ पालिका वडा नं. २ भेडियाही अन्तरगत श्री माध्यमिक विधालय लाई २० थान कम्प्युटर का साथै इन्टरनेट एक सेट उपकरण प्रधान गरेको छ ।
उत्त हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल साथै अतिथि हरू सांसद सरला यादव, प्रदेश नं.२ को नेकपा प्रदेश कमिटी सदस्य युवा नेता शम्भु_साह, पुर्व मन्त्री सत्यनारायण भगत बिन, पुर्व विधायक भिखारी_मुखिया तथा बिसव शिक्षा को अध्यक्ष रुपा जोशी तथा आर डी सी अध्यक्ष पारस हुसैन लगायत समाजसेवी हरूको बाक्लो उपस्थिति रहेको थियो।


