दोहा –कतारको दोहामा आज ‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९’ को आयोजना हुँदैछ । कतारको राजधानी दोहास्थित बेस्ट वेस्टर्न प्लस होटलमा कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा कतारका लागि नेपाली राजदुत प्राडा रमेशप्रसाद कोइराला रहेका छन् ।
उक्त कार्यक्रम कार्यक्रमका लागि विभिन्न विधाका तीन दर्जन कलाकार कतारमा पुगिसकेका छन । कार्यक्रममा नेपालका विभिन्न चर्चित कलाकारहरुले प्रस्तुति दिदैछन । कार्यक्रममा गायक–गायिका नविन पौडेल, भूमिका गिरी, सरस्वती लामा, शोभा त्रिपाठी, राँधा तिवारी, अमृत खत्री, स्मृती गौतम, शान्ति माम्बा तामाङ, रञ्जित परियार, अमृता श्रीपाल, तथा कलाकारहरु मोडल सागर घिसिङ, अलिना रायमाझी, आशा गौतम, मञ्जु लामा, दिनेश लामा, सुस्मिता गिरीलगायतको प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् । हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९ को नोमिनेशन अवार्ड बितरण एब सम्मान कार्यक्रम भव्य हुने आयोजकले बताएका छन् । सोही अवसरमा समाजमा अतुलनीय योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मानसमेत गरिदै छ ।
गीत–सङ्गीतले समाजलाई सकारात्मक परिबर्तन गर्न सहयोग पुग्ने र स्रस्टाको सम्मान गर्न पाउनु गौरवको विषय भएको आयोजकले उल्लखे गरेका छन् । कार्यक्रममा कतारबासी सम्पूर्ण नेपाली संगीतप्रेमी महानुभावहरुलाइ आफ्नो गरिमामय उपस्थिति जनाई भरपुर मनोरञ्जन लिएर कार्यक्रम सफल पारिदिनसमेत आयोजकले हार्दिक अनुरोध गरेका छन् । कार्यक्रम जनसवाल राष्ट्रिय दैनिक र हिमालयन नेपाली इभेन्ट्सको आयोजनामा हुन लागेको हो ।आजको जनसवालदैनिकमा समाचार छ।