
फागुन ३ सिन्धुली ।सिन्धुलीमा सोलारको ब्याट्री पड्किँदा आगलागी भएको छ ।
सिन्धुली तीन पाटन गाउँपालिकामा बिहीबार ब्याट्री पड्किँएर आगलागी हुदाँ ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर जलेर नष्ट भएको हो ।
घरमा रहेको ४५ एम्पियरको १२ भोल्टको सोलार ब्याट्री पड्किँएर घरमा आगलागी भएकोले दुवै घर जलेर नष्ट भएको बताइएको छ
सोलार कनेक्सन तार सर्ट भएर ब्याट्री पड्किँदा आगलागी भएको र करिब रु पाँच लाख ६४ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।लालखबरडटकम


