एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

राजदूत शाक्यद्वारा इजरायली राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन ३ गते, शुक्रबार १४:२६

इजरायल- इजरायलका लागि नवनियुक्त नेपाली राजदूत डा. अन्जना शाक्यले इजरायली राष्ट्रपति रेउभेन रिभ्लिन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोह माझ उनले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी हुन ।
इजरायली राष्ट्रपति कार्यालयद्वारा आयोजित समारोहमा नेपाली राजदूत शाक्यलाई अति विशिष्ट सम्मान दिईएको थियो । त्यस अवसरमा राजदूत डा. शाक्यलाई विशिष्ट सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो ।
समारोहमा राजदूत डा. शाक्य र इजरायली राष्ट्रपति रेउभेन रिभ्लिनबीच आधा घण्टा भेटवार्ता भएको थियो। भेटवार्ताका क्रममा डाक्टर शाक्यले राष्ट्रपति रिभ्लिन समक्ष नेपालका सातवटै प्रदेशमा इजरायलको सेन्टर अफ एक्सिलेन्सी अर्थात इजरायली प्रविधिको तालिम केन्द्र खोल्नका लागि प्रस्ताव गरिन । राजदूत डा.शाक्यले इजरायली उच्च प्रविधिको कृषि, सूचना–प्रविधि, कम्प्युटर इञ्जिनियरिङ, मेडिकल, शिक्षा तथा एडभान्स टेक्नोलोजीको सेन्टर अफ एक्सिलेन्सी खोलेर नेपाललाई सहयोग गर्न गरेको अनुरोधलाई राष्ट्रपति रिभ्लिनले सकारात्मक रुपमा लिएका थिए ।
भेटवार्ताकै क्रममा राजदूत डा. शाक्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको शुभेच्छा सन्देश र नेपाल भ्रमणको निम्तो पनि राष्ट्रपति रिभ्लिन समक्ष पेश गरिन । सो अवसरमा उनले दुई पक्षीय भ्रमणबाट नेपाल र इजरायल बीचको दौत्य सम्बन्ध अझ बलियो हुने बताईन ।
राजदूत शाक्यले नेपालमा हुन गइरहेका लगानी सम्मेलनमा भाग लिन तथा नेपालमा लगानी गर्न इजरायली उद्योगपति तथा व्यापारीहरुलाई आह्वान गरिन । उनको आह्वानसँगै त्यहाँका आधा दर्जनभन्दा बढी प्रतिष्ठित उद्योगपति तथा व्यापारीहरु सकारात्मक बनेका छन्। उनीहरुले नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा भाग लिएर नेपालमा लगानी गर्न इच्छा समेत व्यक्त गरेका छन्।
राजदूत डा. शाक्यले इजरायलको राष्ट्रभाषा हिब्रुमा समेत सम्बोधन गर्दा इजरायली राष्ट्रपति रिभ्लिनदेखि सरकारी कर्मचारी र इजरायली मिडियाहरुले उनको प्रशंसा गरेका थिए । इजरायली मिडियाले राजदूत डा. शाक्यको समाचारलाई उच्च प्राथमिकता दिएर प्रकाशन तथा प्रसारण गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु