एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

सरकारले एक वर्षमा ‘डिस्टिंक्शन’ प्राप्त गरेको छ : पोखरेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन ३ गते, शुक्रबार १८:१४

काठमाडौं, ३ फागुन । नेकपाका नेता एवम् पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलले सरकारको एक वर्षे कार्यकालको मुल्यांकन गर्दा आफूले ‘डिस्टिंक्शन’ दिने बताए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सरकार अलोकप्रिय भएको भए अरु दलको समर्थन यतिबेलासम्म फिर्ता भैसक्थ्यो । अहिलेसम्म समर्थन जारी छ । त्यसैले सरकार अहिलेपनि सही ट्रयाकमा छ ।’
सुन तस्करीदेखि लिएर अन्य तस्करहरुलाई समेत सरकारले नियन्त्रणमा लिएको र कानुनी कारबाही गरेको उनले बताए । उनले भने,‘कतिपयलाई त जेल हालेको छ । तस्करी नियन्त्रण गर्न सरकारले काम गरेको छ ।’

उनले अरुले आरोप लगाएजस्तो मुल्यवृद्धि धेरै नरहेको पनि टिप्पणी गरे । उनले भने,‘मुल्यवृद्धि पनि ट्रयाकमा छ ।’ यही सरकारले योगदानमा आधारित पेन्सनको कार्यक्रम ल्याएको पनि उनले सुनाए । उनले भने,‘प्रधानमन्त्री रोजगारका कार्यक्रम पनि अघि बढाएको छ ।’ मजदुरहरुको ज्याला पनि ३९ प्रतिशत वृद्धि गरेको उनले सुनाए ।

त्यस्तै उनले सरकारले कृषि पेन्सन कार्यक्रम पनि छिट्टै लागु गर्ने सुनाए । उनले भने,‘हिजोमात्रै जलविद्युतमा जनताको लगानी कार्यक्रम सुरु भएको छ । सरकारले धेरै राम्रो काम गरेको छ ।’ उनले नेपालले छिमेकीहरुसँग पनि सम्बन्ध सुमधुर बनाएको दाबी गरे । उनले थपे,‘ल्याण्ड लक्डबाट हामीले ल्याण्ड–लिंक्ड बनाएका छौं ।’

यद्धपी उनले जनताका सबै चाहनाहरु पूरा नभएपनि सरकार सही ट्रयाकमा रहेको सुनाए । उनले भने,‘हो, जनताका अपेक्षाहरु अहिलेपनि पुरा भएका छैनन् । तर, सरकार सही ट्रयाकमा छ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु