एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

वर्तमान सरकारको एक वर्षे कार्यकाललाई आफूले शुन्य अंक :महासचिव मैनाली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन ३ गते, शुक्रबार १८:२८

काठमाडौं, ३ फागुन । नेकपा (माले) का महासचिव एवम् पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले वर्तमान सरकारको एक वर्षे कार्यकाललाई आफूले शुन्य अंक दिने बताए । उनले भने,‘यो सरकार दुई तिहाईको सरकार हो, तर यो परम्रागत ढंगबाट नै चल्यो । यसले आफ्नो कम्युनिष्ट चरित्रअनुसार काम गर्न सकेन । त्यसैले शुन्य अंक पाउनुपर्ने हो ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महासचिव मैनालीले सरकारले राम्रो योजनाअनुसार काम गर्न नसकेको पनि आरोप लगाए । उनले भने,‘यो सरकार पनि विगतकैजस्तो निरन्तरता भयो । अहिले यो यथास्थितिमा छ । उत्पादनमा ह«ास भएको छ । भ्रष्टाचारहरु छरिएका छन् । अहिले भ्रष्टाचारको ईपिसेन्टर स्थानीय निकायमा सरेको छ।’
सरकारले विकासको नााममा वातावरणीय पर्यावरणको विनाश गर्ने काम गरेको पनि उनको टिप्पणी थियो। उनले भने,‘विकासमा विनाश हुन्छ, तर कम क्षतिमा हुनुपर्दछ । अहिले त्यस्तो भएको छैन् । विकासको नाममा प्राकृतिक स्रोत र साधनको दोहन भैरहेको छ ।’

उनले मदन भण्डारी राजमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने पक्षमा आफू रहेको बताए । यद्धपी यसको निर्माणसँगै बायोलोजिकल डाईभर्सीटीलाई पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

सरकार दलाल पुँजीपतीहरुको पक्षमा रहेको पनि उनले गम्भिर आरोप लगाए । उनले भने,‘भन्नलाई यसले समाजवादउन्मुख भनेपनि यसले व्यवहारमा त्यो चरित्र छोडिसक्यो । राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक ल्याउँदापनि सरकारले प्राईभेटहरुलाई प्रोत्साह गर्नेगरि ल्याएको छ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु