फागुन ४,रसुवा , तामाङ भाषाको रूपान्तरण भएको गाउँपालिका आमाछोदिङ्मो गाउँ पालिका, ५ चिलिमेमा ल्होछार कार्यक्रम भब्यता का साथ सम्पन्न भएको छ। नेपाल तामाङ घेदुङ र आमाछोदिङ्मो गाउँ पालिकाको सयुत्त आयोजनामा माघ २८ गते देखीशुरू भई फागुन २ सम्म चलेको थियो ।२८५५ औ फाग:ल्हो सोनाम ल्होछार को अबसरमा सम्पुर्ण तामाङ जाती एक हौ भन्ने मुल नारा को साथ जिल्ला स्तरीय भलिबल खेल र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियोे ।उत्त कार्यक्रम रसुवा बाट निर्वाचित संसाद माननिय मोहन आचार्यको प्रमुख अतिथी तथा प्रदेश संसाद प्रेम तामाङ र आमाछोदिङ्मो गाउँ पालिका अध्यक्ष बुचुङ तामाङको बिशेष आतिथ्यमा सम्पन्न भएको हो ।। सोनाम ल्होछारको अबसरमा आयोजित जिल्ला स्तरिय भलिबल खेलमा नौकुण्ड युबा क्लब प्रथम रू४००००,भूमी युवा क्लब भोर्ले द्वितीय भई रु.३००००,धुन्चे युबा समाज धुन्चे तृतीय रु. २०००० र लाली गुराँस युबा क्लब ठुलो हाकु चौथो भई रु. १००००नगद पुरस्कार सहिद ट्राफि हात पर्न सफल भएको छ ।