
फागुन ४ हेटौंडा ,३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रदेश ३ को राजधानी रहेको हेटौंडामा सडक मानवमुक्त जिल्ला घोषणा गरेका छन् । मकवानपुर देशकै पहिलो सडक मानवमुक्त जिल्ला घोषणा गरिएको आयोजकको भनाई छ ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा ९आज० हेटौंडामा भएको कार्यक्रममा जिल्लालाई सडक मानवमुक्त जिल्ला घोषणा गरिएको हो । ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुरलाई सडक मानवमुक्त जिल्ला घोषणा गरिएको थियो ।
मकवानपुरका सबै स्थानीय तहसंगको समन्वयनमा मकवानपुरलाई सडक मानवमुक्त जिल्ला घोषणा गरिएको आयोजकको भनाई छ । २०८२ साल भित्र पुरै नेपाललाई नै सहयोगापेक्षी सडकमानवमुक्त नेपाल निर्माण गर्ने उद्देश्य बोकी २०६९ भाद्र्र १३ गते मकवानपुरको हेटौंडाबाट सुरुवात भएको मानवसेवा आश्रमको पहलमा मकवानपुर जिल्ला सहयोगापेक्षी सडकमानव रहित जिल्ला घोषणा गरिएको थियो।
कार्यक्रममा ३ नं प्रदेशका आन्तरिक मामिला एवं कानूनमन्त्री शालिकराम जम्मरकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, प्रदेश सांसदहरु इन्द्र बानियाँ, मुनु सिग्देल, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, मकवानपुरका सबै स्थानीय तहका प्रमुख, जिल्लाका समाजसेवी, उद्योगी, व्यवसायी तथा जिल्लाबासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।लालखबरडटकम


