दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०१९’ सम्पन्न, स्मृति गौतम र अमृत खाती उत्कृष्ट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन ४ गते, शनिबार २०:४५

काठमाडौं, ४ फागुन । ‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ शुक्रबार कतारमा सम्पन्न भएको छ । हिमालयन इभेन्ट्स प्रालि र जनसवाल राष्ट्रिय दैनिकको संयुक्त आयोजनामा कतारको दोहास्थित वेस्ट्रन प्लस होटेलमा अवार्ड तथा सम्मान कार्यक्रम आयोजना भएको थियो ।

कतारका लागि नेपाली राजदूतको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उत्कृष्ट गायिकाको अवार्ड स्मृति गौतमले प्राप्त गरिन् भने गायकतर्फको अवार्ड अमृत खातीले प्राप्त गरे ।

टंक केसी र मीरा घिमिरेद्वारा संगीतबद्ध र गायिका गौतमको स्वरमा रहेको  ‘घर त ठिमी’ बोलको गीतबाट उनले उक्त अवार्ड हात पारेकी हुन् । गायिका गौतमको ‘कालो बजारी’, ‘पानबुट्टे चोली’, ‘टोखा छहरे त्रिशूली बजार’, ‘कामेरो’,जस्ता चर्चित गीत बजारमा उपलब्ध छन् । सिन्धुपाल्चोक स्थायी घर भएकी गौतम लामो समयदेखि नेपाली लोकदोहोरी गीतबाट प्रख्यात छिन् ।

त्यस्तै,  विषम गौतमको शब्द र सिर्जु अधिकारीको संगीतमा रहेको ‘झुम्के बुलाकी’, ‘ओ के छ त २’ बाट गायक खातीले उत्कृष्ट गायकको अवार्ड हात पारे । गायक खातीका ओके छ त, झुम्के बुलाकी (ओके  छ त–२), हाम्रै कालिन्चोक, जुनतारा, बिउ खायो किरैलेलगायत विभिन्न गीत चर्चित छन् ।

अवार्ड कार्यक्रममा रन्जित परियार ,सरस्वती लामा, भूमिका गिरी, शोभा त्रिपाठी, नवीन पौडेल, दावा फिन्जो लामालगायत कलाकारले पनि विभिन्न विधाका अवार्ड हात पारेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु