सेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्नरुपन्देहीमा सिद्धार्थ डेरी साइकल यात्रीलाई मोही वितरणकाभा यू–२० महिला भलिबल ः नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्नेप्रधानमन्त्री ओलीलाई दुईतिहाई सांसदको समर्थन, पाए विश्वासको मतकवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचनचितवनमा “तपाईं बजार” को शुभारम्भलोक दोहोरी गीत ‘दमौलीमा गेट" को रिमेक भर्सन बजारमा [भिडियो]गुरुप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैदाना कपमा नेपाली टोली डेन्मार्क प्रस्थाननेपाल बक्सिङ महासंघको चौथो पूर्ण कार्यसमितिको बैठक सम्पन्न

बादी समुदायको दिनचर्या कष्टकर बन्दै :

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन ५ गते, आईतवार १५:१२

फागुन ५,डोटीः जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ सेती प्राविधिक शिक्षालय नजिक बस्दै आएका बादी समुदायको दिनचर्या कष्टकर बन्दै गएको छ ।केआइसिंह राजमार्गको सडकछेउमै बस्दै आएका बादी समुदायको पक्की भवन नहुँदा वर्षौँदेखि उनीहरू पालको टहरामुनि बस्दै आएका छन् । यही सडकखण्ड भएर दिनहुँजसो नेता र नेतृत्व आहोरदोेहोर गर्ने गरेका छन् । तर आफूहरूको पीडाका बारेमा हालसम्म कसैले पनि चासो नदेखाएको सो बस्तीका तेज बादीले बताए । उनले भने, “हामीले बनाएका टहरा नजिक भएर ठूलाबडाहरू सधैँ हिँडिरहन्छन्, तर हाम्रो अवस्थाबारे कसैले सोधेका छैनन् ।”

सडकको छेउमै रहेको सरकारी जमीनमा उनीहरू बस्दै आएका छन् । उनीहरूसँग लालपुर्जा नभएर सुकुम्बासी भएर बसेका छन् । यो बस्तीमा न खानेपानी छ, न बिजुली बत्ती । यो बस्तीका नागरिकको दैनिकी रात अन्धकारमा र दिन अरुको मजदुरीमा बित्ने गरेको स्थानीयवासी समिर विष्टले बताए ।

डोटीका बादी समुदायको घरबासका लागि दिपायल सिलगढी नगरपालिकाले जग्गा किन्ने निर्णय गरे पनि भनेको ठाउँमा जग्गा नपाउँदा बादीको माग पूरा हुनसकेको छैन ।

शहरबजारमा आएका नयाँ तथा आधुनिक किसिमका सरसामान तथा भाडाकुँडाका कारण आफूले बनाउँदै आएका माटाका ग्राग्रा, मादल, सुल्भा, पाल्लोलगायतका सामग्री विस्थापित हुदै गएको श्याम बादीले बताए । उनले भने, “भाडाकुँडा बनाउन हामी माटो नै पाउँदैनौ, बजारमा आधुनिक सामान पाएपछि हामीकहाँ किन्न पनि कोही आउँदैनन् ।” उनीहरू यहाँ बसेको कम्तीमा पनि २० वर्ष भइसक्यो । दर्जनौँ परिवार भएको यो बस्ती भूस्वामित्वविहीन छ । जनसवालडटकम बाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु