
फागुन ६,काठमाडौ । राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको राष्ट्रपति कार्यालय ले जनाएको छ।


