
८ फागुन, काठमाडौं । मालिका बचत तथा ऋण सहकारी संस्था लि.को प्रथम सहकारी संस्था आज देखि सुन्धारको जेडिए कमप्लेक्सको दोस्रो तलामा आज देखि शुभारम्भ भएको छ ।
सो सो सेवा केन्द्रको आज काठमाडौं महानगरपालिकाका सहकारी विभाग प्रमुख नमराज ढकालले एक समारोहबीच शुभारम्भ गर्नु भएको छ ।
सो शुभारम्भ कार्यक्रममा बोल्दै नमराज ढकालले जनताको सेवा प्रवाहलाई प्रभावकारितामा ल्याउन यस खालको सहकारी संस्था सहयोगी हुने बताउनु भयो ।

यसैगरी ढकालले हाल काठमाठौं महानगरपालिकाको मातहतमा १८ सय ५५ वटा सहकारी संस्था रहे पनि करिब ६ सय वटा सहकारी संस्थाले मात्रै आफनो विवरण अद्यावधिक गरेको बताउँदै आगामी दिनमा झोले सहकारी संस्थालाई कानूनको दायरामा ल्याउने बताउनु भयो ।
कार्यक्रममा बोल्दै मालिका बचत तथा ऋण सहकारी संस्था लि.का सभापति जनक बहादुर धामीले गत वर्षको भन्दा आफनो सहकारी संस्थाले करिब ३० प्रतिशत नाफा गरेको बताउदै आफनो सहकारीको मुख्य उदेश्य विभिन्नि बचत कार्यक्रम मार्फत संस्थाका सदस्यहरुलाई सहयोग गर्ने रहेको बताउनु भयो । कार्यक्रममा यस सहकारी संस्थाका संचालक समितिका सदस्य र अरु सदस्यहरुको समेत उपस्थिति रहेका थियो ।
यस सहकारी संस्थाको प्रधान कार्यालय काठमाडौंको कुलेश्वरमा रहेको छ ।


