दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

डा.बाबुराम भट्टराई पहिलो पल्ट नेपालको राष्ट्रिय पोशाक दौरा–सुरुवाल मा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन ९ गते, बिहीबार १२:३७

फागुन ९,काठमाडौं। देशअनुसारको भेष नयाँशक्ति पार्टीका नेता डा.बाबुराम भट्टराईले गरेका छन्। अर्थात पहिलो पल्ट नेपालको राष्ट्रिय पोशाक दौरा–सुरुवाल तथा टोपी लगाएर फोटो खिचे ट्वीट गरेका छन्।
नेपालको प्रधानमन्त्री हुंदासमेत दौरा–सुरुवाल नलगाएका डा.बाबुराम भट्टराईले दौरा–सुरुवालमा सजिएको आफ्नो तस्वीर ट्वीट गरेर गजब गरेका हुन्। राष्ट्रियताको महशुश डा.भट्टराईमा आएको सवैले महशुश गरेका छन्। बिहीबार दौरा–सुरुवालमा सजिएका केही तस्वीरका साथ ट्वीटमा डा.भट्टराईले लेखेका छन्, ‘देश अनुसारको भेष ।
डा.भट्टराईले पहिलोपटक दौरा–सुरुवाल लगाएकोसमेत ट्वीटबाटै खुलासा गरेका हुन् । उनले लेखेका छन्, ‘जीवनमा पहिलोपटक दौरा–सुरुवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो ।’
उनी एक महिने जनसंवाद यात्राका क्रममा कर्णाली पुगेका हुन् । दौरा–सुरुवालबाट टाढै रहेका उनले यसअघि भादगाउँले टोपी भने लगाउने गरेका थिए । कर्णाली पुगेर उनले दौरा–सुरुवालका साथमा ढाका टोपी लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु