काठमाडौं । भारतमा आयोजित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोव २०१९’मा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी अदिति अधिकारीले ‘सेकेण्ड रनरअप’ र ‘मिस फेसन मोडल’को दुई उपाधि हात पारेकी छिन् । नयाँ दिल्लीमा केही दिन अघि सम्पन्न प्रतियोगितामा नेपाल, भारत, चिन, बंगलादेश लगायत १६ देशका सुन्दरीहरुको सहभागी थियो ।
१८ बर्षीय अदिति ‘मोडल हन्ट नेपाल २०१८’ की बिजेता हुन् । प्रतियोगीतामा शिर्ष उपाधि मिस रसिया तातीयाना र फष्टरनर अप मिस फिलिपिन्स पाउलिनले जितेकी थिईन् ।