• नेपालले युएईमाथि सानादार जित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार ११:३८

    काठमाण्डौःथाइल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले युएईमाथि सानादार जित निकालेको छ।युएईले दिएको ४२ रनको लक्ष्य नेपालले ३ विकेटको क्षति मात्र १०.२ ओभरमा पुरा गर्‍यो।नेपालको जितमा काजोल श्रेष्ठले १५ रन बनाउँदा कप्तान रूविना क्षेत्री १८ रनमा अभिजित रहिन्। सीता रानामगरले ६ रन जोड्दा अप्सरी बेगम शून्यमा आउट भइन्।

    यसअघि थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १७ ओभर ३ बलमा अलआउट हुँदै युएई ४१ रन बनाएको थियो।युएईका लागि चामनी रोशनी सिनिभिरत्नाले सर्वाधिक १३ रन जोड्नु बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन्।यस्तै युएईका नेहा शर्माले ६ रन तथा इशानी सिनिभिरत्ना र काभिषा कुमारीले समान ४÷४ रन जोडिन्।

    युएईलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले ३ ओभर ३ बलमा ६ रन खर्चेर ४ विकेट लिईन्। यस्तै सिता राना मगर, सोनु खड्का र कृष्णा कुँवरले २÷२ विकेट लिए ।छनोट प्रतियोगिताका सुरूवाती तीन खेल जितेको युएईले पहिलो हारको सामना गरेको छ।नेपालले पनि बलियो टोली थाइल्याण्डसँ पराजय ब्यहोरिसकेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु