जर्मनी सस्थाद्वारा नुवाकोटको बालबालिकालाई शैक्षिक सामग्री प्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन १० गते, शुक्रबार १२:१४

भरतसन्तोषी,नुवाकोट।

फाल्गुन १०,जर्मनी सस्था पार्सल अफ पिस नेपालले नुवाकोटको बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ।
सस्थाले जिल्लाको लिखु गाउँ पालिका वडा नम्बर-६ भट्ट थोकमा अबस्थित श्री सिद्दी गणेश आधारभूत विद्यालयका ६० जना बालबालिकालाई प्रोत्साहन स्वरुप आज शैक्षिक सामग्री वितरण गरेको सस्थाका प्रतिनिधि गोकर्ण गुणीले बताउनुभयो।
यस क्षेत्रका शैक्षिक गतिविधिमा आर्थिक ,भौतिक तथा आधारभूत विषयमा सहयोग गर्दै आएको सस्थाले शैक्षिक सामग्री स्वरुप प्रती विद्यार्थी एकथान कापी,कलम र अन्य चित्रकला सम्बन्धि एकमुष्ट सामग्री प्रदान गरेको विद्यालयका प्रधानाध्यापक कमला प्याकुरेलले बताउनुभयो।
यस विद्यालय सगै सस्थाले पन्चकन्या गाउँ पालिका-५ को बच्छ्ला माध्यमिक विद्यालयका १८० विद्यार्थी लाई पनि शैक्षिक सामग्री वितरण गरेको छ।त्यस्तै शिवपुरी गाउँ पालिका वडा नम्बर -७ मा रहेको ग्रामीणदेवी माध्यमिक विद्यालयका १५० जना,त्यस्तै कुम्भेश्वर माध्यमिक विद्यालयका २०० जना विद्यार्थीहरुलाई समेत सस्थाले शैक्षिक सामग्री बितरण गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु