भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

बा आमा घर निर्माणका लागि सहयोग जुट्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन १० गते, शुक्रबार २१:०६

फागुन १०, काठमाडौ। सडकपेटीमा कोहि आमा बुबा बेवारिसे हुनु नपरोस भनेर निर्माण हुन लागेको बा आमा आश्रम निर्माणको लागि सहयोग जुट्नेक्रम बचलिरहेको छ । बा आमा घर अर्थात सुरक्षित आश्रम बनाउनको लागि आफ्नै घर जग्गा संस्थालाई दान गरेर अभियानमा जुट्नु भएका संस्थाका अध्यक्ष समाजसेवी बिनयजंग बस्नेतलाई सामुदायिक रेडियोहरुका नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले आफैले लेखेको रु ७५ हजार बराबरको ज्ञानशाला पुस्तक हस्तन्तरण गर्नु भएको छ । बा आम घर आश्रमका प्रमुख सल्लाहकार समेत रहेका आचार्यले पुस्तक बिक्रि भैसकेपछि थप ७५ हजार बराबरको पुस्तक हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्दै कोही पनि बेवारिसे हुनु नपरोस भन्ने अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभयो ।

आचार्यले आश्रमलाई सेवा गर्ने, आत्मज्ञान र शान्ति प्राप्तगर्ने पवित्र स्थलको रुपमा बिकास गर्ने बताउनु भएको छ । बेवारिसे लाशको अभिभावक भनेर चिनिने समाजसेवी बिनयजंग बस्नेतले आश्रममा २३ जना बेघर र बेसाहारा बेवारिसेहरुले आश्रय पाउने बताउनु भएकोछ । नेपालको ७७ वटै जिल्लामा शाखा खोली बेवारिसेहरुको ब्यबस्थापनका लागि काम भैरहको छ । बस्नेतले १७५ भन्दा बढि बेवारिसे शबको आफ्नै हातले ससम्मान दाहसंस्कार गरिसक्नु भएको छ । सयौं कुलतमा फसेकाहरुलाई सहि बाटोमा ल्याउने, सडकमा भएका बेबारिसेहरुलाई उपचार गराई आश्रय स्थलमा पु¥याउने र पारिवारिक मिलन गराउने जस्ता काम संस्थाले गर्दै आएको छ । महालक्ष्मी नगरपालिका चाँगाथलीमा बा आमा घर निर्माण भैरहको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु