दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

महालक्ष्मीस्थानमा वर्ल्ड लिंकको फ्री वाईफाई सेवा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन ११ गते, शनिबार १३:०७

फागुन ११,ललितपुर- ललितपुर महानगरपालिका वडा नम्बर ०५ स्थित महालक्ष्मीस्थान मन्दिर क्षेत्रमा आजदेखी फ्री वाई फाई सेवा सुचारु भएको छ ।ललितपुर महानगरपालिका वडा नम्बर ०५ को पहलमा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले उक्त स्थानमा फ्री वाई फाई सेवा उपलब्ध गराएको हो ।

उक्त स्थानमा फ्री वाईफाई सेवा उपलब्ध गराउने सम्बन्धमा एक सम्झौतापत्रमा हस्ताछेर समेत भएको छ । ललितपुर महानगरपालिका ०५ नम्बर वडा कार्यालय र इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंक बिच सो सम्झौता भएको हो । जसमा ललितपुर महानगरपालिका ०५ नम्बर वडाको तर्फबाट वडा अध्यक्ष विकासमान श्रेष्ठ र वर्ल्ड लिंकको तर्फबाट प्रमुख विजय जलानले हस्ताछेर गरेका छन ।
सम्झौतापत्रमा हस्ताछेर पस्छात कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्रेष्ठले फ्री वाईफाइको दुरुपयोग होइन सदुपयोग गर्दै निशुल्क रुपमा प्राप्त सेवाबाट लाभ लिन सकेमा मात्रै समाजले डिजिटल युगको विकाससँगसंगै गतिशिलता हासिल गर्ने धारणा राखेका थिए ।

कार्यक्रममा वर्ल्ड लिंकका प्रमुख विजय जलानले वर्ल्ड लिंकले
बिभिन्न सार्वजनिक स्थलमा निशुल्क रुपमा नै वाईफाइ जडान गर्दै आएको अवगत गराउदै आएको र डिजिटलको बढदो माग अनुरुप सेवाको दायरालाई बिस्तार गर्दै स्तरिय सेवाप्रवाहमा दत्तचित्त भएर लाग्दै आएको बताए ।

कार्यक्रम माझ बोल्ने क्रममा ललितपुर महानगरपालिका वडा नम्बर ०५ का सल्लाहकार पुरुशोत्तम ढुङ्गानाले सार्वजनिक स्थलमा निशुल्क रुपमा उपलब्ध वाईफाईको प्रयोग सहि ढंगले भए नभएको बारेमा सरोकारवालाले निगरानी राख्न आवश्यक रहने बताएका थिए ।

कार्यक्रममा श्री लक्ष्मीस्थान ब्यवस्थापन समितिका अध्यक्ष आत्माराम कोइराला, समाजसेवी गम्भिर सिंह बस्नेत, वडा
सदस्य शोभादेवी प्रधान लगायतले बोलेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु