दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

संयुक्त अरब इमिरेटस(युएई) को बरदुवईमा ‘गोर्खाली नाईट’ आयोजना हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन ११ गते, शनिबार १३:४०

फागुन ११,युएई– संयुक्त अरब इमिरेटस(युएई) को बरदुवईमा ‘गोर्खाली नाईट’ आयोजना हुने भएको छ । २०१९ मार्च ८ मा आयोजना हुने उक्त कार्यक्रममा नेपाली रियालिटी सो नेपाल आईडलका फाईनल सम्म पुगेका र बिजेता रवि ओड, फस्ट रनरअप बिक्रम बराल, सेकेन्ड रनरअप सुमित पाठक र थर्डरनरअप अस्मीता अधिकारीका साथै सालको पातको टपरी हुने बोलका गायक कुलेन्द्र बिकको जोडदार प्रस्तुती रहने आयोजकले बताएका छन् । उक्त कार्यक्रमबाट आफ्नो जन्मभुमी छोडेर युएईलाई कर्मभुमी बनाई रहेका हजारौ नेपालीहरुले मनोरन्जन लिने आयोजकले बताएका छन् । कार्यक्रम नेपाली भुमिमा जन्मेर युएईलाई कर्मभुमी बनाएका गैरआवायीय नेपाली संघ एनआरएनएका आईसीसी सदस्य, युवा व्यवसायी तथा सामाजीक अभियन्ता मनोज गोर्खाली र युवा व्यवसायी मदन अधिकारीले आयोजना गरेका हुन् ।

उक्त कार्यक्रममा कलाकारहरु नायिका तथा मोडल एलिना रायमाझी, बिबेक खतीवडा, शोभा त्रिपाठी, रमेश दुलाल (कागे), डिजे फेरा, सुवास शर्मा र नम्रता लामाको बेजोड प्रस्तुती रहने आयोजकले बताएका छन् । कार्यक्रम युएईको ग्रान्ड एक्सीलिसर होटल बरदुवईमा हुने जनाईएको छ । चुनौती र अवसर धेरै भए पनि मानविय सेवाको उद्देश्यले यस प्रकारका कार्यक्रमहरु गर्न उत्साह बढेको आयोजकहरुले बताएका छन् । कार्यक्रम तयारीको बिषयमा सबै निकायहरुबाट अनुमति लिने कामहरु भई सकेको, आगन्तुक पाहुनाहरुलाई गन्तब्यसम्म आउनको लागि भिषा, टिकटलगायतका कामहरु भईसकेको जानकारी आयोजकले बताए । व्यवस्थापनकै सिलसिलामा टिकट बिक्री लगाएतका अन्य तयारीका काम भईरहेको आयोजक मनोज गोर्खालीले बताए । यो कार्यक्रम आयोजना गर्नुको उद्देश्य सबै प्रकारका श्रोता दर्शकहरुलाई एउटै छानामुनी राखेर सांगीतिक मनोरंजन दिने,आपसी भाइचारा बढाउने र नेपाली कलासंस्कृतीको जगेर्ना गर्ने नै रहेको आयोजक गोर्खालीले बताए । उनले काम बिशेषले आफ्नो जन्मभुमी जान नपाउनु भएका नेपालीहरुलाई कर्मभुमिमै नेपाली कलासंस्कृती मार्फत मनोरन्जज दिने योजना रहेको बताए ।
कार्यक्रम गायन, कमेडी, नृत्य र अन्य कार्यक्रमहरुको साझा संयोजन रहेको जानकारी गोर्खालीले दिए । आर्थिक व्यवस्थापनको लागि केही व्यवसायीबाट स्पोन्सर लिने र टिकट बिक्रीबाट आर्थिक व्यवस्थापन गर्ने आयोजक मदन अधिकारीले बताए । कार्यक्रमबाट नेपालका उज्जल भविष्य बोकेका कलाकारहरु र उच्च स्तरका कलाकारहरुको प्रस्तुतीले कलाकारको कलामा निखारता आउनुका साथै श्रोता तथा दर्शकले पनि भरपुर मनोरन्जन पाउने कुरामा बिस्वस्त रहेको अधिकारीले बताए । कलाकारहरु भनेका राष्ट्रका गहना भएको कारणले सबैलाई एउटै स्टेजमा कार्यक्रम प्रस्तुत गराई भाईचाराको नाता स्थापना गर्ने पनि उनले जानकारी दिए ।
युएई निवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी हुनको लागि यातायातको व्यवस्थापन टिकट बिक्रीको आधारमा ६ वटा स्टेटबाट आउने र जाने व्यवस्था गरिएको र वस छुट्ने स्थानको बिषयमा एक हप्ता अगाडी नै जानकारी दिने उनले बताए । कार्यक्रम गरेर व्यवसायीक रुपमा आफुले मात्र फाईदा लिने भन्दा पनि सामाजीक कार्यमा पनि लगाउने हो तर यो बिषय सबै कार्यक्रममा नै खुलाउनु भन्दा पनि व्यवसायीक रुपमा सफल भई सकेपछि निर्णय गर्ने र घोसणा गर्ने आयोजक मनोज गोर्खालीले बताए । कार्यक्रम संचालन बिबेक खतविडा र शोभा त्रिपाठीले गर्ने छन् भने अन्य कलाकारहरुको दमदार प्रस्तुती रहनेछ । कार्यक्रममा नेपाल आईडलका चारका साथै नायिका तथा मोडल एलिना रायमाझीको उत्कृस्ट प्रर्दशन रहनेछ संगै मुखबाटै १५३ छुट्टाछुट्टै आवाज निकाल्न सक्ने बहुप्रतिभाका धनि रमेश दुलाल (कागे) ले विभिन्न चराचुरुंगी र जनावरको आवाज निकाल्नुका साथै मुखबाटै मादल,सनाई,नर्सिया बजायर मनोरंजन दिनेछन । यो कार्यक्रमको अर्को रौनक भनेको सालको पात टपरी दुनाका गायक कुलेन्द्र र रबि ओडको एकै ठाउमा प्रस्तुति रहनेछ । ‘यो कार्यक्रम हाम्रो पहिलो कार्यक्रम होईन । हामीले धेरै प्रायोजकहरु संगको सहकार्यमा धेरै कार्यक्रम गरिसकेको हुँदा हामी कार्यक्रम भव्य र सभ्य हुनेमा विश्वस्त छौं’,आयोजक गोर्खालीले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु