अपाङ्गता भएकी २० वर्षिया युवतीलाई सामूहिक बलात्कार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन १२ गते, आईतवार ०६:४९

फागुन ११ सप्तरी
सप्तरीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना लाई पक्राउ परेका छन् ।
अपाङ्गता भएकी बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षिया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २५ वर्षिय भीम मुखिया र सोही ठाउँका ३५ वर्षिय भरत मुखियालाई प्रहरीले पक्राउ गरेको हो।
प्रलोभनमा पारेर कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलमा पुर्याई जबर्जस्ती बलात्कार गरेको आरोपमा दुवैलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुले जनाएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय बाटनै मुद्दा चलाई कनुनि कारबाही प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी कार्यालयका डी एस पी भाबेश रिमालले लाल खबरलाई बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु