फोटोग्राफर च्याङ्बा लामाद्वारा आकर्षक फ्रेम सहितको प्रधानमन्त्री ओलीलाई जन्मदिनको फोटो उपहार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन १२ गते, आईतवार ०७:१७

फागुन ११,काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको ६८ औं जन्मदिनको अवसरमा शुभकामना दिनेहरुको घुइँचो प्रधानमन्त्री निवास बालुवाटारमा भयो। यसैक्रममा फोटोपत्रकार च्याङ्बा लामा पनि प्रधानमन्त्री ओलीलाई शुभकामना दिन पुगेका छन्।
फोटोग्राफर च्याङ्बा लामाको सीबी माउण्ट एण्ड फ्रेमिङ कंपनीको आकर्षक फ्रेम सहितको प्रधानमन्त्री ओलीको फोटो उपहार दिने कार्य लामावाट भएको छ।

लामाको चित्ताकर्षक फ्रेममा आफ्नो फोटो पाउंदा जन्मदिनको बहुमूल्य उपहार भएको प्रधानमन्त्री ओलीले मुसुक्क मुस्कुराएर फोटोग्राफर लामालाई प्रतिक्रिया दिएका छन्।

अघिल्ला बर्षहरुमा पनि फोटोग्राफर लामाले प्रधानमन्त्री ओलीको जन्म दिनका दिन यसरी नै चित्ताकर्षक फोटो सहितको फ्रेम उपहार दिने कार्य हुंदैआएको छ। जुन अत्यन्त संझनायोग्य हुने गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु