फागुन १४,भारत ।नेपाली जनसम्पर्क समिती दक्षिण भारत क्षेत्रको ११औ अधिबेशन भारतको मद्रासमा सम्पन भएको छ । प्रमुख अतिथी नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं पुर्ब मन्त्री रमेश लेखक ले कार्यक्रम लाई सम्बोधन गर्दै जनसम्पर्क समिती भारतले नेपाली काङ्ग्रेसलाई निर्वाचनमा प्रचार सामाग्री सहित जन जनको घरमा पुगि सहयोग गर्दै आएको र नेपाल भारत बिचको सम्बन्ध , नेपाली हरुको पहिचान नेपाल लाई पर्यटन क्षेत्रमा भारतमा रहेका नेपालीहरुको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो । साथै नेपालका आन्दोलन हरु माखेलेको भूमिकाको नेपाल काङ्ग्रेस उच्च सम्मान गर्दै नेपाली जानताको बेतलबी राजदुतको रुपमा सेवा गर्दै आएको जनाउँदै जनताको सेवा गर्ने सम्बन्धमा र नेपाल बनाउने दल नेपाली काङ्ग्रेस भएको र नेपालका सबै आन्दोलनको नेतृत्व र परिबर्तन काङ्ग्रेस कै पहलमा भएको बताउनु हुदै निर्वाचित कार्यसमितिलाई बधाई दिनुभयो । विशिष्ट अतिथि नेपाली काङ्ग्रेसका अ.केन्द्रिय सदस्य एवं नेपाली जनसम्पर्क समितीभारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डे ले प्रबासी नेपालीहरुका समस्या को बारेमा जानाकारी गराउदै नेपाली जनसम्पर्क समिती भारतले ७७ जिल्ला बाट आई भारतको कस्मिर देखी कन्या कुमार सम्म रहेका नेपाली हरुलाइ सेवा सहयोग गर्दै संघसंगठनका गतिविधिमा लाग्न निर्देशन दिनु भयो। आमसभा बाटै भारत बाट नेपाल फोन गर्दा नेपाल सरकार कै कारण महङ्गो परि भारतमा रहेका नेपालीहरु मर्कामा परिरहेका ले तुरुन्तै नेपाल सरकारले प्रक्रिया चाली नेपाल बाट जस्तै सुलभ मुल्य माफोन गर्ने पाउने बेबस्था गरिदिनु हुन नेपाल सरकारलाई अनुरोध गर्नु भयो।
जनसम्पर्क समिती सदा नेपालको आमुल परिबर्तनमा सक्रिय भुमिका निभाउन सफल भएको तर नेपाल सरकार र राजनीतिक पाटीले सहि मुल्यांकन नगरेको गुनासो राखनू भयो । नेपाली जनसम्पर्क समिती दक्षिण भारत समितिको ११ औ अधिबेशनमा सर्ब सहमतिबाट देबि राम पौडेलको नेतृत्वमा २५सदस्यीय कार्यसमिति चयन भएको छ।कार्य समितिलाई सफतग्रहण गराउदै निर्वाचित
कार्यसमितिलाई पुर्ण सफलता को सुभकामना दिनु भयो। । उक्त कार्यक्रममा नेपाल महिला संघ दक्षिण भारतको सिता निउरेको नेतृत्वमा कार्य समिती पनि बनेको छ।