काठमाडौं। प्रदीप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह डिस होम टिभीको विज्ञापनमा सँगै देखिएपछि दुबैको चर्चा चुलिएको थियो । दुबैले एउटै फिल्ममा काम गर्न सक्ने संभाव्यतालाई लिएर मिडियामा यस बारे समाचारहरु पनि बने । तर, यी दुईले एउटै फिल्ममा स्क्रिन सेयर गर्न सक्ने अनुमान मात्रै बन्दै आईरहेको थियो । अन्ततः यी दुई सँगै देखिने पक्का भएको छ । हेमराज बिसीको निर्देशनमा निर्माण हुन लागिएको फिल्म ‘शुभ विवाह’मा प्रदिप र साम्राज्ञीसँगै देखिन लागेका हुन् । हेमराज विसीको निर्देशनमा बनेको फिल्म ‘द ब्रेकअप’ १७ फागुनबाट रिलिज हुँदैछ ।
यस लगतै हेमराज दुइओटा प्रोजेक्टमा व्यस्त हुनेछन् । ती मध्ये एउटा प्रोजेक्ट हो ‘शुभ विवाह’ । ‘शुभ विवाह’को लाईन अप आईसकेको निर्देशक हेमराज बिसीले बताएका छन् । सोही लाईनअप अनुसार प्रदिप र साम्राज्ञीको स्क्रिन सेयर पक्का भएको हो । यस बीचमा प्रदीप रामबाबु गुरुङको निर्देशनमा तयार हुने ‘कबड्डी कबड्डी कबड्डी’ र ‘प्रेम गीत ३’ पनि गर्दैछन् । प्रेमगीत ३ को छायांकन बारे खासै मिति भने तय भएको छैन । फिल्मको छायांकन आउदो वैशाखबाट गर्ने तयारी भैरहेको छ । साम्राज्ञी हाल फिल्म ‘मारुनी’ को छायाकंनमा व्यस्त छिन् भने प्रदीप ‘लभ स्टेशन’को प्रचारमा व्यस्त छन् ।