दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दुवै मिर्गौला फेल भएकी यशोदाको उपचारमा सहयोगको याचना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन १४ गते, मंगलवार २३:३९

सिन्धुली । दुवै मिर्गौला बिग्रिएर जीवनमरणको दोसाँधमा पुगेकी सिन्धुली जिल्ला दुधौली नगरपालीका वडा नं. २ की यशोदा खड्को उपचारका लागि सहयोग गरिदिन उनका बुबा लालबाहादुर खड्काले आग्रह गरेका छन् । दुवै मिर्गौला फेल भएर निरन्तर डाइलाइसिस गराइरहेकी सिन्धुलीको दुधौली नगरपालीका वडा नं. २ नयाँटोलकी २३ वर्षिय यशोदाको किड्नी प्रत्यारोपण गर्न आवश्यक रकम जुटाइदिन उनका बुवाले आग्रह गरेका हुन् । करिव नौ महिनाअघि दुवै किड्नी बिग्रिएपछि सातामा दुईपटक डाइलाइसिस गराइरहेकी छिन्। शुरुमा गाउँमा समान्य रोगको उपचार गराएपनि व्यथाले च्याप्र्दै गएपछि विरगञ्जको नेशनल मेडिकल कलेज, त्यसपछि काठमाडौको ओम अस्पतालहुर्दै हाल जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचारार्थ छिन् ।

यशोदाको उपचार गराउदा अहिलेसम्म २० लाख रुपिया सकिएको छ । अहिले यशोदाको ऋण सापट गरेर जेनतेन निरन्तर डाइलाइसिस गराइरहेको विरामी यशोदाका बुवा लालबाहादुरले बताए । निम्न आर्थिक अवस्था भएका खड्का अहिले आर्थिक अवस्था कमोजर भएपछि चिन्तीत छन् । विरामी यशोदाले सहयोगी संघसंस्था र व्यक्तिले सहयोग गरिदिए आफूले नयाँ जीवन पाउनसक्ने बताउँदै सहयोगको अपिल गरेकी हुन् । । थप जानकारीका लागी विरामीका बुवा लालबाहादुरलाइ ९८४४१३९७४५ नम्वरमा फोनगरी जानकारी लिन सकिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु