
१४ फागुन , काठमाडौं । काठमाडौंमा आज देखि चिनियाँ चलचित्र महोत्सव शुरु भएको छ । आज सो चलचित्रको पर्यटन नागरिक तथा नागरिक उडडयन मन्त्री रबिन्द्र अधिकारी र नेपालका लागि चिनियाँ राजदूत हौ यान्कीले राजधानीको कमल पोखरीस्थित कुमारी हलमा संयुक्त रुपमा उदघाटन् गर्नु भयो ।
उदघाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले चीन विश्वमै बढी चलचित्रि उत्पादन गर्नै मुलुक मध्ये रहेको उल्लेख गर्दै नेपाल र चीन बिच एक अर्काको चलचित्र आदान प्रदान गर्न सके दुइ देशबिचको सांस्कृतिक सम्बन्ध अझै बलियो हुने आशा गर्नु भयो ।
यसैगरी सो चलचित्रको उदघाटन कार्यक्रममा बोल्दै नेपालका लागि चीन गणराज्यकी महामहिम राजदूत हौ यान्कीले चीनलाई नजिकबाट बुझन र चीनको कला संस्कृतबारे बुझन यो चलचित्र बहु उपयोगी हुने बताउनु भयो ।
१२ ओं संस्करणको चीनियाँ चलचित्र महोत्सवमा स्वागत गर्दै आयोजक वल्ड कलच्रल नेटका सभापति दीपक सरकारले आगामी दिनमा चिनियाँ चलचित्र महोत्सवलाई अझ भव्य रुपमा मनाइने बताउँदै पाँच दिनसम्म चल्ने चिनियाँ चलचित्र महोत्सव चीनका विभिन्न प्रान्तमा बरिष्ठ निर्देशकहरुका चलचित्रहरु प्रदर्शित हुने बताउँदै महोत्सवमा देखाइने चलचित्र निशुल्क रुपमा देखाइने पनि बताउनु भयो ।
सो महोत्सवमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ , दीपकराज गिरी ,जितु नेपाल , केदार घिमिरे र बरिष्ठ तबला बादक अच्युतराम भण्डारीको पनि उपस्थिति रहेको थियो ।
आज पहिलो दिनको महोत्सवमा चिनको विकास क्रमको चलचित्र र चीनको दुर्गम गाँउमा रहेको स्कुल जान विद्यार्थीले जोखिमयुक्त तुइन चढेर स्कुल गएको चलचित्र धबपिष्लन तय कअजयय िदेखाइएको थियो ।
यसैगरी भोलि फागुन १५ गते ३ बजे The Grand master, फागुन १६ गते Chinese Zodaic, फागुन १७ गते under the hawthorn three र फागुन १७ गते partner चलचित्र देखाइने भएको छ ।
पूर्वी शर्वी एशियाको महत्वपुर्ण देश चीनको संस्कृति करिब पाँच हजार वर्ष पुरानो रहेको छ भने कला र संस्कृति चीनका जनताको अभिन्न अंगको रुपमा रहेको छ ।


