• मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा नि:शुल्क स्वास्थ्य शिविर गर्ने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार १०:२५

    फागुन १५ हेटौंडा
    मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा नि:शुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।

    यहि फागुन को १६ गते बाट हेटौंडाको क्याम्पा डाँडामा हुन लागेको मेलामा ९ दिन विभिन्न रोगको छुट्टाछुट्टै विशेषज्ञ डाक्टरहरुद्धारा सेवा दिने संघका उपाध्यक्ष तथा मेलाका शैक्षिक तथा प्राथमिक उपचार व्यवस्थापन समितिका संयोजक कृष्ण कुमार गुप्ताले जानकारी दिए ।

    मेलाको १७ गते शुक्रबार छाला रोग विशेषज्ञ डा.रजनी अग्रवालद्धारा स्वास्थ्य सेवा हुने भएको छ । १८ गते शनिबार नाक,कान,घाँटी सम्बन्धीका डा. इनक्लाब ढुङ्गानाले सेवा दिने भएको हो ।

    त्यस्तै, १९ गते आइतबार मधुमेह, प्रेसर,तथा क्यान्सर रोगका विशेषज्ञ डा.सुरेश कुमार दीपले भरतपुरबाट आइ सेवा दिनेछन् । २० गते सोमबार हेटौंडाका बाल रोग विशेषज्ञ डा. हरि बहादुर खड्काले बाल रोगको सेवा प्रदान गर्ने जनाइएको छ । २१ गते देखि २४ गते सम्म कलेज अफ मेडिकल साइन्सेस भरतपुरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुद्धारा स्वास्थ्य परिक्षण गरिने समितिका संयोजक गुप्ताले जानकारी दिए ।

    तेसैगरी व्यापार मेलालाई अवलोकन गर्न सहज होस भन्ने हेतुले हेटौंडा १५ मा रहेको रिद्धि सिद्धि सिमेन्ट उद्योगले हेटौंडा बजारबाट मेला स्थल हेटौंडा ५ क्याम्पा डाँडा सम्म नि: शुल्क मेला स्थल सम्म अवलोकनकर्ताहरुलाई ओसार पसार गर्ने भएको छ ।लालखबर

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु